Comments Add Comment

गान्डीमा हेपाटाइटिस बीको निःशूल्क परीक्षण

राजधानीको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले मंगलबार विविध कार्यक्रम गरी विश्व हेपाटाइटिस डे मनाएको छ ।

अस्पतालमा बिहान ९ बजेदेखि १० बजेसम्म अस्पतालका डाक्टर, नर्सिङ स्टाफ र  क्लिनिकल स्टाफका लागि कन्टिन्यूड मेडिकल एडुकेसन – सिएमइ आयोजना गरिएको थियो । १० बजेदेखि ५ बजेसम्म निःशूल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरिएको थियो ।

शिविरमा २५५ जनाको हेपाटाइटिस बी परीक्षण गरिएको थियो । जसमध्ये ९ जना मा हेपाटाइटिस बी पोजेटिभ देखीएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले जानकारी दिएका छन् ।

शिविरमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्ट्यान्ट डाक्टरहरु डाक्टर बिबेक शर्मा डाक्टर आलोक ढुंगेल र डाक्टर राकेश शाह, मेडिकल अफिसरहरु डाक्टर मेदिनी श्रेष्ठ र डाक्टर अनुमा शर्माले सहभागीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment