Comments Add Comment

बार्यन गएपछि भिडालले भने- सपना पुरा भयो

Arturo-Vidal

१२ साउन, काठमाडौं । चिलीका अर्टुरो भिडाल २८ मिलियन पाउण्डमा बार्यन म्युनिख गएका छन् । युभेन्टसबाट बार्यन म्युनिख गएपछि भिडालले आफ्नो सपना पुरा भएको बताएका छन् ।

२८ वर्षका भिडालले चार वर्षे सम्झौता गरेका छन् । भिडालले हालै मात्र चिलीबाट कोपा अमेरिकाको उपाधि जितेका थिए ।

क्लबको वेबसाइटबाट कुरा गर्दै भिडालले भने-म निकै खुसी छु । यो मेरो करियरको नयाँ स्टेप हो । मलाई आश छ यहाँ राम्रो हुन्छ ।’

भिडाल २०११ मा बार्यन लिभरकुसनबाट युभेन्टस गएका थिए । अब उनी फेरि जर्मन आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment