Comments Add Comment

सार्वभौमसत्तामाथिको चलखेल बन्द गरौं : सभासद

१२ साउन, काठमाडौं । सभामुख सुवास नेम्वाङले सार्वभौमसत्तामाथिको चलखेल, राजनीतिक खिचलो अन्त्य,धार्मिक सहिष्णुता कायम राख्न तथा भ्रष्टाचारमुक्त शासन व्यवस्था कायम राख्नुपर्ने जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद रामअयोध्याप्रसाद यादवले तराईका विभिन्न जिल्लालाई सुक्खा क्षेत्रको घोषणा गर्न माग गर्दै किसानलाई राहतको व्यवस्था गर्न माग गरे ।

सांसद प्रकाश ज्वालाले धर्मका नाममा कसैले पनि राष्ट्र टुक्राउने अभिव्यक्ति दिन नमिल्ने बताए । सांसद रामनारायण बिँडारीले भूकम्पपीडितको पुनःस्थापनाका लागि सरकारले चासो नदेखाएको आरोप लगाए ।

सांसद रामकुमार सुब्बाले पूर्वाञ्चलको इटहरी चोकमा प्रहरीले जनतालाई निर्ममतापूर्वक दिएको यातनाका सम्बन्धमा सत्य तथ्य बुझी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरे ।

सांसद अशोक राईले झापाको लखनपुरस्थित रङ्गाशालाको नाम मेटाएर सरकारले मदन भण्डारी रङ्गशाला नामाकरण गरेकामा खेद प्रकट गरे ।

त्यस्तै सांसद रामहरि सुवेदी, रामहरि खतिवडा, तुलसा राणा, हरिचरण साह, डिम्पल कुमारी झा र  लोकमणि ढकाललगायतले विभिन्न जातजाति, धर्म सम्प्रदायका नाममा कोही कसैले कोही कसैमाथि आरोप प्रत्यारोप लगाउन नहुने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment