Comments Add Comment

मनीताको अग्रसरतामा आर्थिक सहयोग

१२ साउन, काठमाडौं । राष्ट्रिय तेक्वान्दो खेलाडी मनीता शाहीको अग्रसरतामा लनटेनिस सम्बद्ध मधु नेपालीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

मनीताको विशेष सकृयतामा विभिन्न राष्ट्रिय टिमका खेलाडीबाट संकलित ५५ हजार ७ सय ७० रुपैयाँ उपचार खर्च सहयोग स्वरुप नेपालीलाई प्रदान गरियो ।

आर्थिक सहयोग गर्नेहरुमा तेक्वान्दोबाट ८ हजार ८ सय, बक्सिङबाट ५ हजार ५०, एथलेटिक्सबाट ४ हजार ८ सय, जुडोबाट ७ हजार २ सय २०, ब्याडमिन्टनबाट ४ हजार २ सय, फुटबलबाट ११ हजार, करातेबाट ५ हजार ७ सय, उसुबाट ८ हजार तथा क्योकुसिनका संस्थापक सिहान जगतप्रसाद गौचनबाट १ हजार रुपैयाँ रहेको छ ।

नेपालीको फोक्सोमा पीप जमेका कारण शल्यक्रिया गर्नु पर्ने भएको छ । हाल वीर अस्पतालमा उपचार गराइ रहेको नेपालीको शल्यक्रिया गर्न २ लाख ५० हजार खर्च हुने बताइएको छ ।

नेपाली कान्छी बहिनी अनु घिमिरेका साथमा बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment