Comments Add Comment

विकास भन्छन ‘बुढेशकालमा तरुनीले हैरान पारे’

bikashacharya

काठमाडौं । ‘नाई नभन्नु ल-४’ निर्माणको तयारीमा रहेका निर्देशक विकास आचार्य अहिले हैरान भएका छन् । उनको हैरानीको विषय बनेको छ नयाँ चलचित्रमा अभिनय गर्न चाहने कलाकार ।

‘अहिले त अरु केही काम गर्नै भ्याएको छैन । नयाँ फिल्ममा अभिनय गर्न चाहने कलाकारसंग कुराकानी गर्दैमा बित्छ ।’ निर्देशक आचार्यले अनलाइनखबरसँग कुरा गर्दै भने ।

कलेज पढ्ने, थिएटरमा काम गर्ने, अन्य विभिन्न क्षेत्रमा काम गर्नेहरु अहिले निर्देशक आचार्यको सम्पर्कमा छन् । ‘हामीले त फेसबुक र इमेल एड्रेस मात्रै दिएका थियौं तर, केटीहरुले कहाँवाट पत्ता लगाएर फोन गर्छन् अचम्म लागेको छ ।’ निर्देशक आचार्यले केटीहरुले फोन गरेर हैरान पारेको कुरा गरे ।

अहिलेसम्म उनको सम्पर्कमा एक हजार पाँचसय ब्यक्ति आएका छन् । तिनको सर्टलिष्ट गरेर अडिसन लिईने योजना बनाएका छन् । फिल्म निर्माण संस्थाले बनाएको क्राईट एरीया भित्र पर्नेहरु मात्रै अडिसनका लागि सहभागी हुन पाउनेछन् । भदौ पहिलो हप्तासम्म अडिसनको काम पनि सकिने जानकारी उनले दिए ।

स्त्रिmप्ट लेखन हुँदै निर्देशनमा प्रवेश गरेका आचार्य पछिल्लो समयका सफल निर्देशक मानिन्छन् । उनले निर्देशन गरेको नाई नभन्नु ल, र नाई नभन्नु ल-२ सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment