Comments Add Comment

राष्ट्रपतिको नाम शुद्धसँग लेख्न नजान्दा अनुश्काको उछितो

मुम्बई । तीन दिन अघि मात्रै ट्वीटर फलोअर्सले आपत्तिजनक शब्द ट्वीट गरेमा ब्लक गरिदिने धम्कि दिएकी अभिनेत्री अनुश्का शर्मा अहिले आफै हाँसो पात्र बनेकी छिन् ।

आफ्नै मुलुकका पूर्वराष्ट्रपतिको नाम शुद्धसंग लेख्न नजान्दा उनी हाँसो मजाकको पात्र बनेकी हुन् । भारतका दिबंगत पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको निधन भएपछि ट्वीटरमा श्रद्धान्जलि दिएकी अनुश्काले नामको पछाडी आजाद लेखिदिएपछि ट्वीटर प्रयोगकर्ताले उनको ब्यापक आलोचना गरे ।

anushka

अनुश्काले लेखेकी थिईन् । ‘एबीजे कालाम आजादको निधन भएको खबरले निकै दुःखी छु । एक प्रेरणादायी, दार्शनिक एवं अद्भुत मान्छेलाई हामीले गुमायौं । भगवानले उनको आत्मालाई शान्ति दिउन् ।

उनको यो ट्वीट पोष्ट भए लगत्तै कमेन्ट सुरु भयो । उनले सच्याउँदै लेखिन् ‘एपीजे अब्दुल कालम आजाद’ । त्यसपछि फेरि टिप्पणी सुरु भयो । यति सुन्दर नायिकालाई आफ्नो राष्ट्रपतिको नाम पनि शुद्धसँग लेख्न आउँदो रहेनछ ।’

उनले तेस्रो पटक पुन सच्याएर सही नाममा ट्वीट गरेकी थिईन् । बलिउडकी स्मार्ट भनिने अनुश्काले तीन दिन अघि मात्रै ट्वीटरमा जे पायो त्यहि लेखिदिनेलाई ब्लक गरिदिने धम्की दिएकी थिईन् ।

आफ्नो ट्वीटरलाई सकेसम्म सकारात्मक राख्ने कोशिस गर्छु । कोही गैरजिम्मेवार भएर बकबक गर्छ भने ब्लक गरिदिन्छु ।’ उनले भनेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment