Comments Add Comment

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल स्कटल्याण्डसँग भिड्दै

nepal-Cricket-Team

१३ साउन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार अपराहृन साढे ३ बजेपछि स्कटल्याण्डको घरेलु मैदानमा हुनेछ । टी-२० विश्वकप छनोट क्रिकेटमा नेपाल तेह्रौ भएको थियो भने स्कटल्याण्ड नेदरल्याण्डसँग संयुक्त रुपम विजेता बनेको थियो ।

त्यसैले घरेलु टोलीविरुद्धको खेल नेपालका लागि सहज हुनेछैन । आफ्नो क्षमता अनुसार खेल्न  नसक्दा नेपालले टी-२० विश्वकप खेल्ने मौका गुमाइसकेको छ ।

घरेलु टोलीविरुद्ध ऐरमा हुने खेलमा नेपालको ओपनिङ महेश क्षेत्री र अनिल मण्डलले गर्नेछन् । नेदरल्याण्ड र आयरल्याण्डमा खराब प्रदर्शन गरेका सुवास खकुरेल र विनोद भण्डारीलाई टीमबाट हटाइएको छ भने मध्य गतिका बलर जितेन्द्र मुखिया स्वदेश फर्किसकेका छन् ।

चोटका कारण अलराउण्डर सागर पुन पनि नेपाल आइसकेका छन् । विश्वकप छनोटको अन्तिम खेलमा राम्रो प्रभाव छोडेका सिद्धान्त लोहनीले मौका पाउने सक्नेछन् ।

स्कटल्याण्डको टोलीमा भने विश्वकप छनोट खेलेका रोब टेलरसहितका ६ खेलाडी रहने छैनन् ।

डिभिजन टुमा गरेको प्रदर्शनका आधारमा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने मौका पाएको हो । ८ देश सहभागी च्याम्पियनसिप सन् २०१९ को विश्वकप छनोटको आधार समेत हो ।

सहभागी ८ मध्ये ६ टोली दोस्रो चरणमा पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment