Comments Add Comment

एटिएमबाटै निकालियो साढे ५३ करोड

Atm users१३ साउन, काठमाडौं । एटीएमका प्रयोगकर्ताहरु बढेसँगै एटीएमबाट भुक्तानी लिने रकम पनि उल्लेख्य बढेको छ । एक वर्षको अवधिमै एटीएमबाट लिने भुक्तानी २९ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७१/०७२ को वैशाख महिनामा ५३ करोड रुपैयाँ एटीएमबाटै भुक्तानी गरेको राष्ट्र बैंकले जनाएको छ । ०७१ बैशाख महिनामा ४५ करोड रुपैयाँ भुक्तानी भएको थियो ।

नेपालमा डेबिट कार्ड भन्दा पहिले नै क्रेडिट कार्डको प्रचलन सुरु भएको हो । २०५० साल फागुन १६ गते नेपालमा हिमालय बैंकले पहिलो पटक आˆनो न्युरोड स्थित शाखामा एटिएम खोलेको थियो । हिमालय बैंकले २०६३ सालमा नेपालमा पहिलो पटक डेबिट कार्ड जारी गरेको हो ।

नेपालमा एटीएम प्रयोगकर्ताहरूको संख्या ४० लाख बढी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment