Comments Add Comment

चुम्बन तथा मुखमैथुनका कारण घाँटी र टाउकोको क्यान्सर !

kiss

प्रेमको उच्चतम रुप अर्थात् चुम्बन । तर यहीँ चुम्बन यतिधेरै घातक हुँदोरहेछ भन्ने सुन्दैमा डर लाग्छ । पछिल्लो अनुसन्धानले क्यान्सरको खतरा उत्पन्न गराउने मामिलामा धुमपान तथा मद्यपान भन्दा चुम्बन बढि खतरनाक रहेको देखाएको छ ।

अस्ट्रेलियाका डाक्टरहरुले गरेको अनुसन्धान अनुसार टाउको तथा घाँटीको क्यान्सरको जोखिम तत्वहरुमा धुमपान र मद्यमान भन्दा चुम्बन अगाडि रहेको छ ।

अस्ट्रेलियाको रोयल डार्विन अस्पतालका अनुहार, टाउको तथा घाँटीको सर्जन डाक्टर महिवान थोमसका अनुसार चुम्बनका बेला धेरै प्रकारका क्यान्सरको कारक तत्वको रुपमा रहेको हु्यम प्यापिलोमा भाइरस सर्ने खतरा हुन्छ ।

टाउको तथा घाँटीमा हुने क्यान्सर भन्दा ७० प्रतिशत यहीँ भाइरसका कारण हुने गरेको अमेरिकामा गरिएको अर्को अध्ययनले देखाएको छ ।

यो भाइरस महिलामा पाठेघरको क्यान्सरको समेत मुख्य कारकतत्वको रुपमा रहेको छ ।

ह्युम प्यापिलोमा भाइरसका कारण हुने क्यान्सरको घटनामा पछिल्लो समयमा वृद्धि हुँदै आएको र यसको मुख्य कारण मानिसको आनीबानीमा हुने परिवर्तन रहेको डाक्टरको भनाइ छ ।

खासगरी युवावर्गमा मुखमैथुन सुरक्षित रहेको र यसबाट पर्याप्त आनन्द प्राप्ति हुनुका साथै गर्भाधारणको जोखिम पनि नहुने सोँचका कारण मुखमैथुनको क्रममा वृद्धि भएको भन्दै उनले यसले सबैभन्दा धेरै जोखिम बढाएको बताउँछन् । क्यान्सरको कारक तत्वको रुपमा रहेको भाइरस संक्रमणमा मुखमैथुनका साथै धेरै पार्टनरसँग चुम्बन गर्नुपनि रहेको छ । यौन सम्पर्क बाहेकका अन्य खाले यौन सम्बन्ध तथा व्यवहार अर्थात् पेटिङ पनि क्यान्सरको लागि जोखिमपूर्ण व्यवहारको रुपमा देखिने गरेको छ ।

शोधकर्ताका अनुसार यदि कसैले ६ जना भन्दा बढि मानिससँग नियमित चुम्बन गर्ने गरेको छ भने उसमा ह्युम प्यापिलोमा भाइरसको संक्रमण उच्च रहन्छ र ९ जनाभन्दा बढिलाई बारम्बार चुम्बन गर्ने मानिसमा त यसको जोखिम उल्लेखनीय रुपमा बढि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment