Comments Add Comment

चीनलाई नेपालले १७ करोडको मान्छेको कपाल बेच्यो

Human hair१३ साउन, काठमाडौं । तपाईलाई थाहा छ, मान्छेको कपाल बिक्छ ? तपाईलाई लाग्न सक्छ, पक्कै पनि मान्छेको कपाल बिक्दैन । यदि बिक्ने भए तपाई काटिएको आफ्नो कपाल संकलन गरेर राख्नुहुन्थ्यो ।

तर, तपाईलाई थाहा नभएको मात्रै हो । वास्तवमै मान्छेको कपाल बिक्री हुन्छ । नेपालले आर्थिक वर्ष २०७१/०७२ को जेठ महिनामा १६ करोड ७० लाख रुपैयाँ बराबरको मानवीय कपाल बिक्री गरेको तथ्यांक राष्ट्र बैंकले सार्वजानिक गरेको छ ।

अघिल्लो वर्षको यसै अवधिको तुलनामा मान्छेको कपाल दोब्बरले बढी हो । ०७१ जेठ महिनामा ८ करोड ७० लाख रुपैयाँको कपाल निर्यात गरेको थियो ।

०७२ जेठ महिनासम्ममा चीनतर्फको निर्यात १४.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ ।

नेपालले चीनमा अगरबत्ति, आल्मुनियम, हस्तकलाका सामाग्री, जडीबुटी, सांगीतीक सामाग्री, कागज, नुडल्स, पश्मिना, गार्मेन्ट रुद्राक्ष, चीया, सागसब्जी, कार्पेटलगायत गरी २ अर्ब १५ करोड ७७ लाख रुपैयाँ बराबरको निर्यात भएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment