Comments Add Comment

पत्रकारलाई मुक्का हानेपछि मेक्सिकोका फुटबल प्रशिक्षक हरेरा बर्खास्त

Miguel-Herrera--(1)

१३ साउन, काठमाडौं । प्रत्रकारलाई मक्का हानेको भन्दै मेक्सिकाले फुटबल प्रशिक्षक मिगेल हरेरालाई बर्खास्त गरेको छ ।

प्रशिक्षक हरेराले दुई दिनअघि मात्र मेक्सिकोलाई गोल्ड कपको उपाधि दिलाएका थिए । उनले मेक्सिकोलाई गत वर्ष विश्वकपमा नकआउट चरणसम्म पुर्‍याएका थिए ।

तर, हालै मात्र फिलाडेल्फिया विमानस्थलमा टीभी पत्रकार क्रिष्टियन मार्टिनोलीलाई घाँटीमा मुक्का हानेको आरोप लागेकोपछि हरेरा विवादमा परे ।

मेक्सिको कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएपछि पत्रकार मार्टिनोलीले हरेराको कडा आलोचना गरेका थिए । पत्रकारलाई मुक्का हानेको आरोप लागेपछि हरेराले माफी मागेको समाचार पनि आएको थियो  ।

तर, त्यही विवादले उनी वर्खास्त भएका छन् । मेक्सिको फुटबल संघका अध्यक्ष डिसिओ डि मारियाले हरेरालाई हटाइएको जानकारी दिएका छन् ।

मेक्सिकोले नयाँ प्रशिक्षक सेप्टेम्बर अघि नियुक्त हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment