Comments Add Comment

शुक्रकिट बढाउने केही काइदा

Fertilisation

विर्यमा शुक्रकिटको मात्रा कम हुनु पुरुषमा बाँझोपनाको प्रमुख कारण हो । पछिल्लो समयमा अस्वस्थ जिवनशैली लगायतले कारणले गर्दा पुरुषहरुमा शुक्रकिटको परिमाण तथा गुणस्तर न्यून भएर सन्तानोत्पादनमा बाधा पुग्ने समस्या बढ्दै गएको पाइएको छ । यद्यपि आफ्नो जिवनशैली तथा दैनिक कार्यतालिकामा थोरैमात्र परिवर्तन गर्ने हो भने तपाइँले शुक्रकिटको मात्रा तथा गुणस्तर बढाउने मात्र होइन तनाव रहित स्वस्थ जिवन जिउन सक्नुहुन्छ । शुक्रकिट बढाउने केही खानेकुरा तथा काइदाहरुलाई इन्फोग्राफिक्स सहित यहाँ प्रस्तुत गरिएको छ-

–भिटामिन बी- भिटामिन बी प्रसस्त पाइने खानेकुराहरु, जस्तै चीज, अण्डा, दुध, मोही, अन्न, सागपात, गेडागुडी तथा नट्स ।

–सेलेनियम- माछा, सनफ्लावर, प्रउन, गहुँ, चामल,ओटबाट बनेका खाद्यपदार्थका साथै सी फुडहरु ।

–जिंक- विभिन्न खाले सी फूडहरु, सनफ्लावर, अदुवा, गहुँ, मासु, खरभुजा तथा फर्सीको बियाँ आदि ।

के गर्नुहुँदैन-

–अस्वस्थ तथा प्रोसेस्ड खानेकुराहरु सेवन नगर्नुस्

–तनाव कम गर्न तथा स्वास्थ्यमा सुधार गर्न योगा गर्नुहोस्

–बढि कसिलो कट्टु नलगाउनुहोस्, यसो गर्दा अण्डकोष बढि चेँपिने तथा तानिने भई शुक्रकिटको उत्पादन कम हुन्छ ।
पर्याप्त निद्रा लिनुहोस्

–हमोर्न सन्तुलनका लागि वजन नियन्त्रणमा राख्नुहोस्

–लामो समयसम्म एकै ठाउँमा बसिरहने नगर्नुस्

रक्तसंचारलाई प्रभावकारी बनाउन जिउको मसाज नियमित रुपमा गर्ने गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment