Comments Add Comment

यशराज ब्यानरमा साहरुख र सलमान एकसाथ देखिदै

srk-and-salman
थोरै तर चर्चित चलचित्र निर्देशन गरेका आदित्य चोपडाले अब फेरि केही समयको अन्तरालपछि अर्को नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । यो चलचित्र यसकारण अहिले चर्चामा आएको छ कि करिब १३ बर्षको अन्तराल पछि बलिउडका दुई हस्ती साहरुख खान र सलमान खान एकसाथ पर्दामा देखिदैछन् ।

बलिउडको चर्चित पत्रिका मुम्बई मिररले दाबी गर्दै यो समाचार सार्वजनिक गरेको छ । सार्वजनिक समाचार अनुसार आदित्यले अहिले यो चलचित्रका लागि कथा फाइनल गरिसकेका छन् । चलचित्रका लागि नायक साहरुख खानले काम गर्ने पक्का गरिसकेका छन् । सलमानले पनि चलचित्रका लागि हरियो बत्ती बालेको पत्रिकाको दाबी छ ।

चलचित्रको नाम र कलाकारको बारेमा यशराज ब्यानरले अहिलेसम्म केही भनेको छैन । आदित्य चोपडाले केही दिनमै यो बिषयमा खुलाउने तयारी गरेका छन् । यो चलचित्र सन् २०१६ को अन्त्यतिर छायांकनमा जाने तयारी आदित्यले गरेका छन् ।

‘दिलवाले दुल्हनिया ले जायंगे’ जस्तो चर्चित चलचित्र निर्देशन गरेका आदित्यले सुरुमा चलचित्रमा रणवीर सिंहलाई खेलाउने तयारी गरेका थिए । तर, साहरुख र सलमान एकसाथ खेल्दा त्यसको चर्चा र व्यापार बलियो हुने भएकाले पनि आदित्यले यो सोच बनाएको पत्रिकाले दाबी गरेको छ ।

बहिनी अर्पिताको बिहेबाट सलमान साहरुखसँग निकट छन् । अहिले दुई कलाकारले एक अर्काको चलचित्रको प्रचार पनि गरिरहेका छन् । यसैले  पनि यी दुइलाई एकसाथ पर्दामा ल्याएको खण्डमा त्यसले बलिउडमा अर्को तहल्का मच्चाउने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment