Comments Add Comment

संचारमन्त्रीले चलचित्रकर्मीसँग माफी मागे, बोर्ड अध्यक्षले आवश्यक ठानेनन्

minendra-rijal
चलचित्र विकास बोर्डले मंगलबार राष्ट्रपति भवन शित्तल निवासमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ सम्मान’ कार्यक्रममा कम चलचित्रकर्मीलाई निम्तो गरिएको थियो । गतबर्ष भन्दा यसबर्ष झन् कम चलचित्रकर्मीलाई निम्तो पुगेपछि असन्तुष्ट स्वरहरु पनि सुनिएको छ ।

भुकम्पका कारण कार्यक्रम हुँदै आएको राष्ट्रपति भवन भित्रको हलमा क्षती पुगेपछि यसपटक सानो हलमा कार्यक्रम गरियो । जसकाकारण पनि आयोजकले कम चलचित्रकर्मीलाई निम्तो गरेको थियो ।

कम चलचित्रकर्मीलाई निम्तो गरेपछि कार्यक्रमका विशिष्ट अतिथी सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालले माफी मागे । उनले भुकम्पका कारण ठूलो हलमा क्षती पुगेकाले सानो हलमा कार्यक्रम गर्नु परेकाले धेरै चलचित्रकर्मीलाई चाहेर पनि बोलाउन नसिकएको बताए । यसका लागि उनले उपस्थित हुन नसकेका चलचित्रकर्मीसँग माफी मागेका थिए ।

आयोजकको हैसियतबाट आफूले माफी मागेको भन्दै अर्को बर्षमा सबैजना सहभागी भएर कार्यक्रम हुने विश्वास व्यक्त गरे । संचारमन्त्रीले आफ्नो समय अवधी अब सकिन लागेको भन्दै यही पुरस्कार समारोह नै अन्तिम हुने जानकारी गराउँदै चलचित्र क्षेत्रका लागि केही गर्न खोजेको बताए । पछिल्ला केही कार्यक्रममा मन्त्री रिजाल आफ्नो समय सकिन लागेको भन्दै चलचित्रकर्मीलाई आफूले गरेको उपलब्धी बताउन पछि पर्दैनन् ।

मन्त्रीले चलचित्रकर्मीसँग माफी माग्दै गर्दा आयोजक चलचित्र विकास बोर्डका अध्यक्षले भने आफ्नो मन्तव्यमा यो कुरा समेटेनन् । चलचित्रकर्मी असन्तुष्ट हुने भनेको मन्त्रीसँग भन्दा पनि बोर्ड अध्यक्षसँग हो । तर, लेखेर मन्तव्य दिएका राइले चलचित्र क्षेत्रका लागि आफ्नो २ बर्षे कार्यकालमा धेरै काम गर्ने बताएका छन् ।

चलचित्र विकास बोर्डले गरेको यो पुरस्कार समारोहमा यसपटक भने असन्तुष्टीका स्वरहरु धेरै सुनिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment