Comments Add Comment

महन्थ ठाकुर सुटुक्क बालुवाटार गए

१३ साउन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ता बहिस्कार गरेको भोलिपल्ट तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर एक्लै बालुवाटार पुगेका छन् ।

Mahanta-Thakur2चार दलका शीर्ष नेताहरुले तमलोपा अध्यक्ष ठाकुरसँग वार्ता गरेका हुन् । यसअघि मंगलबार प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले वोलाएको वार्ता असन्तुष्ट चार दलका अध्यक्षले बहिस्कार गरेका थिए ।

स्रोतका अनुसार चार दलले सद्भावना अध्यक्ष राजेन्द्र महतोलाई पनि छुट्टै भेट्न खोजेका थिए । तर, उनले आफू राजधानी बाहिर रहेको भन्दै टारेका छन् ।

सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने पार्टी अध्यक्ष महतो राजधानीमा नै रहेको र वार्तामा बोलाएको भएपनि आफूहरु भनेर नै नगएको बताए । उनले महन्थ ठाकुर आफ्नो पार्टीको तर्फबाट वार्तामा जान सक्ने तर, मोर्चाको नेतृत्व गरेर भने वार्तामा बस्न नसक्ने बताएका छन् ।

चार दलका शीर्ष नेताहरुले नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यसँग पनि वार्ता गरेका छन् ।

यस्तै बुधबार विहानै सर्वोच्च अदालतका प्रधानन्यायाधीश, अख्तियार, निर्वाचन, लोकसेवा आयोगका प्रमुखसँग पनि छुट्टा छुट्टै छलफल भएको थियो ।

छलफलमा उनीहरुले संविधानको मस्यौदानमा यसअघि सार्वजनिक गरेको असन्तुष्टि नै दोहोर्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment