Comments Add Comment

शित्तल निवासमा कता हराइन् नम्रता ?

namrata-shrestha
मंगलबार आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा केही रमाइला दृश्य देखिए । थोरै चलचित्रकर्मीको उपस्थित भएको यो कार्यक्रममा राष्ट्रपति डाक्टर रामवरण यादवले विभिन्न ८ विधामा चलचित्रकर्मीलाई पुरस्कृत गरेका थिए ।

सोही कार्यक्रममा थोरै मात्र नायिका र नायक उपस्थित थिए । नायिका करिश्मा मानन्धर, ऋचा शर्मा र नम्रता श्रेष्ठ उपस्थित थिए । त्यसमध्ये जुरी भएका नाताले करिश्माको चर्चा हुने नै भयो । उत्कृष्ट अभिनेत्री भएका नाताले ऋचा शर्मा त लाइमलाइटमा रहिन् नै ।

तर, कार्यक्रम सुरु हुनुभन्दा केही समय अगाडि मात्र हलमा पुगेकी नम्रता श्रेष्ठलाई भने त्यहाँ पुग्ने धेरै अतिथीले देखेनन् । उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी १३ बर्षकी संगम बिष्टसँगै बसेकी नम्रता कार्यक्रम सकिएको घोषणा हुनसाथ शितल निवासबाट हिँडेकी थिइन् ।

पत्रकारलाई एउटा सिमित घेराभित्र राखिएकाले पनि नम्रता अधिकांशको क्यामेरामा कैद नै हुन पाइनन् । कार्यक्रम सकिएपछि हल बाहिर आएका अधिकांश फोटो पत्रकारले नम्रताको खोजी गरे । तर, नम्रता शितल निवासबाट हिँडिसकेकी थिइन् । कार्यक्रम सकिएपछि सबैजसो अतिथी र पत्रकारले शितल निवास बाहिर केही समय बिताएपनि नम्रता गायब भइन् ।

धेरै फोटो पत्रकारले नम्रता आएको थाहा नै पाएनन् । नम्रता अस्पतालबाट आएकाले चाँडै हिँडेकी हुन् भन्ने चर्चा पनि शितल निवासमा सुनियो । तर, कार्यक्रममा पुगेकी नम्रता सकिए लगतै हिँड्दा धेरैले उनको खोजी गरेका थिए । आखिर, शितल निवासमा नम्रता कता हराइन्, केही समय चर्चा भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment