Comments Add Comment

ग्लोबल अाइएमइले १ अर्ब कमायो, कति बाँड्ला बोनस ?

Global ime bank १३ काठमाडौँ, साउन । ग्लोबल आइएमई बैङ्क लिमिटेडले गत अार्थिक वर्षमा १ अर्ब ५९ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा ३.२८ प्रतिशतले बढी हो ।

बैंकको चुक्ता पुँजी ५ अर्ब १ करोड रूपैयाँ छ । बैङ्कले यस पटक भएको नाफाबाट नियमानुसार २० प्रतिशत सञ्चितीमा राखेर बाँकी रकमबाट करीब १६ प्रतिशत लाभांश प्रदान गर्न सक्ने देखिएको छ । यो बैंकलार्इ अाफ्नै स्रोतबाट अागामी दुर्इ वर्षमा ८ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन खासै कठिन छैन ।

यसअघि लाभांश कम बाडेर सञ्चितमा थप रकम रहेको भएमा भने त्यसवाट पनि लाभांश दिन सक्छ । हाल बैङ्कको सञ्चिती रकम २ अर्ब ३५ करोड छ ।

सञ्चालन नाफा र खुद व्याज आम्दानी बढेकाले नाफा बढेको हो । सञ्चालन मुनाफा ३८ दशमलव ४० प्रतिशत र खुद व्याज आम्दानी ३० दशमलव १९ प्रतिशत बढेको वित्तीय विवरण बुधबार सार्वजानिक गरेको छ ।

कम्पनीले चालु आवमा संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको ४७ करोड रूपैयाँ फिर्ता (राइटव्याक) गरेको छ । २०७२ असार मसान्तमा बैंकले २ अर्ब २८ करोड रूपैयाँ खुद व्याज अाम्दानी गरेको छ ०७१ असारमा बैंकले १ अर्ब ७३ करोड रूपैयाँ व्याज अाम्दानी गरेको थियो ।

अघिल्लो वर्षको भन्दा गत वर्ष बैंकले निक्षेपमा दिने र कर्जामा लिने बीचको व्याज अन्तर (स्प्रेड दर) पनि उल्लेख्य घटाएको छ । ०७१ असारमा ५.३४ प्रतिशत रहेको स्प्रेड दर ०७२ असारमा ४.२४ अंककमा झरेको छ । बैंकको प्रतिसेयर वार्षिक अाम्दानी २० रूपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १ सय ४७ रूपैयाँ छ ।

त्यसैगरि, गत अवामा २ दशमलव ५५ प्रतिशत रहेको निष्कृय कर्जा चालु आवमा २ दशमलव १९ प्रतिशतले कमी आएको छ ।

एक वर्षको अबधिमा बैंकले ८ अर्ब रूपैयाँले बढाएर निक्षेप ६० अर्ब रूपैयाँ पुर्याएको छ भने कर्जा ७ अर्ब रूपैयाँले बढाएर ५० अर्ब रूपैयाँ पुर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment