Comments Add Comment

हिमानीसँग नगई शीतास्माकै घरमा फर्के पारस

१३ साउन, काठमाडौं । पूर्वयुवराज पारस शाह नर्भिक अस्पतालबाट बुधबार बिहानै डिस्चार्ज भएका छन् । मुटुमा पेसमेकर जडान गरिएका उनको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले बिहान डिस्चार्ज गरेको हो ।

Ex prince paras shah return Nepal (15)
फाइल फोटो

पारसलाई फलोअप जााचका लागि दुई दिन पछि अस्पतालमा बोलाइएको छ ।

अस्पतालबाट आफैंले गाडी चलाएर पारस बाहिरिएका थिए । रातो सर्ट र कालो चश्मा लगाएका उनी प्रफुल्लित मुद्रामा देखिएका थिए ।

स्रोतका अनुसार अस्पतालबाट उनी निर्मल निवास नगई धीरेन्द्रकी छोरी शितास्माको घरमा गएका छन् । अस्पताल आउनुअघि पनि उनी शितास्माकै घरमा थिए ।

हिमानीले अस्पतालमा पारससँग भेट गरे पनि बैंककबाट फर्केपछि पारस हिमानीसँग बस्न गएका छैनन् ।

यो पनि पढ्नुहोस्

अब सम्भव होला त पारस र हिमानीको पुनर्मिलन ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment