Comments Add Comment

सीपीले सोधे- मधेसी को हो ? दलितले दलितै हुन खोजेको हो ?

१३ साउन, काठमाडौं । नयाँ संविधानको मस्यौदामा जनताले दिएका सुझावबारे बुधबार संविधानसभामा छलफल सुरु भयो । छलफलका क्रममा सभासदले जातजाति एवं पहाड-मधेसका विषयमा पनि बोले ।

Cp-Mainaliनेकपा मालेका महासचिव सीपी मैनालीले मधेसी भनेको को हो भन्ने प्रश्न गरे । संविधानमा मधेसीको परिभाषा खुलाउनुपर्ने मैनालीले बताए । ‘मधेसी भनेको को हो ? संविधानमा मधेसीको परिभाषा गरिएको छैन’ मैनालीले बुधबार संविधानसभामा भने,’यसले पछि समस्या पार्न सक्छ ।’

जातीय पहिचान दिन नचाहनेहरुले मस्यौदा र त्यसका सुझावहरु स्वीकृत गरेकाले मस्यौदामा जात जातिका अधिकारहरुबारे उपेक्षा गरिएको मैनालीले आरोप लगाए ।

संविधानसभामा बोल्ने क्रममा मधेसवादी दलका सभासद लक्ष्मणलाल कर्णले नागरिकताको प्रावधानले अंगीकृत नागरिकलाई दोस्रो दर्जाको नागरिक बनाएको बताएका थिए । कर्णलाई जवाफ दिँदै मैनालीले नागरिकताको प्रावधानमा अपव्याख्या नगर्न आग्र गरे ।

मैनालीले भने- संविधानले कसैलाई दोस्रो दर्जाको नागरिक बनाएको छैन, ‘अंगीकृतको सन्तानको नागरिक बंशजको नागरिक नै हुन्छ ।’

‘दलितहरुले दलित बन्न खोजेको हो ?’

कम्युनिष्ट नेता मैनालीले दलितहरुले सुविधा खानका लागि आफूलाई दलित नै बनाइराख्न चाहेको बताए । ‘दलितहरुले आफूलाई दलितमै राख्न खोजेको हो कि ?’ उनले प्रश्न गरे, ‘कालीगढ समुदायमा राख्नुपर्छ भन्दाभन्दै सुविधामुखी पार्नलाई मात्रै दलित शब्द रोजिएको हो कि ?’

दलित समुदायले आफ्नो थर लेख्न छाडेर जात लेख्ने गरेको मैनालीले बताए । ‘गोतामे लेखेकोले दर्जी नै लेख्न खोज्छ किन ?’ संविधानसभामा मैनालीको प्रश्न थियो-‘पन्तले कामी नै लेख्न खोज्छ, किन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment