Comments Add Comment

तालिबान प्रमुख मुल्ला उमर मारिए

१३ साउन, काठमाडौं । तालिवान प्रमुख मुल्ला उमरको मृत्यु भइसकेको अफगानिस्तान सरकारले दाबी गरेको छ । तर, तालिबानले यसमा कुनै प्रतिक्रिया दिएको छैन ।

Mulla Umarपछिल्लो केही महिनादेखि मुल्ला उमरका बारेमा अनेक अटकलबाजी गरिएको थियो । तर, अफगान सरकारका वरिष्ठ अधिकारीले पहिलो पटक यसको पुष्टि गरेको छ ।

सोभियत सेनाले अफगानिस्तान छाडेपछि सुरु भएको गृहयुद्धमा मुल्ला उमरको अगुवाइमा तालिबानले प्रतिद्वन्द्वी मिलिसियामाथि जित हात पारेको थियो ।

मुल्ला उमेरलाई अल कायदाका प्रमुख आसामा बिन लादेनसँग पनि निकट रहेको मानिन्थ्यो ।

जसका कारण २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा आक्रमण गर्दा मुल्ला उमरलाई निशाना बनाएको थियो । त्यसबेला देखि नै मुल्ला उमर भूमिगत छन् ।

अमेरिकाले उनको टाउकोको मूल्य एक करोड अमेरिकी डलर तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment