Comments Add Comment

भूकम्पपीडितको सहयोगार्थ कतारमा सांस्कृतिक कार्यक्रम

doha-1

घनश्याम पराजुली (कृष्ण)

दोहा । भूकम्प पीडितहरुलाई सहयोगको अभियान, नेपाली कला र सँस्कृती हाम्रो पहिचान भन्ने नाराका साथ कतारमा रहेका दर्जनौ कलाकारहरुद्वारा आयोजित बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । दोहाको सल्वारोडस्थित रहेको क्वालिटी हाईपर मार्केटमा भएको कार्यक्रममा १० हजार रियाल संकलन भएको कार्यक्रम संयोजक मधुसुधन डाँगीले बताए ।

कार्यक्रममा प्रमुख अतिथि बसन्त फिल्मस् प्रालीका प्रबन्धक निर्देशक तथा समाजसेवी ईश्वर काफ्ले रहेका थिए । उनले कतारमा कार्यरत न्युन तलव भएका प्रतिभावान स्थानीय कलाकारहरुले भूकम्प पीडितको सहयोगार्थ आयोजना गरेको कार्यक्रम उदाहरणीय भएको बताए ।

कार्यक्रमलाई मोहन शाह , शिवराम ढकाल र रमा अर्यालले संयुक्त रुपमा सन्चालन गरेका थिए भने कतारका विभिन्न विधाका दर्जनौ कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए । गायिका रमा अर्यालले स्वदेश गान गाएर आफ्नो प्रस्तुती दर्शकहरु सामु प्रस्तुत गरिन । गायक रुविन बिसीले ‘सान्नानीले झुक्यायो मलाई तातो पाी तिन पाने भनेर’ बोलको गितमा दर्शकहरुलाई नचाए ।

आधुनिक गायकहरु सुरज केसीले ‘पागल म बन्न सक्छु सक्दिन तिमीलाई भुल्न ‘ , योगेश खड्काले ‘तिमीसँग जिउने मोर्ने चाहाना छ मेरो’, आयुष बि.सीले ‘तुलसी आगनमा रोपौला’, ईशा लिम्बुले ‘चौबन्दीमा पटुकी’, विकास रसाईलीले ‘तिमी बगैचाकी फुल हौ’, निर्मल लामाले ‘थाहा पाए दोबाटोमा तिम्ले अल्मलायौ ‘ र सन्तोष लामाले ‘तिम्रो मुस्कान तिम्रो माया मेरो प्राण थियो पि्रय ‘बोलको गित गाएर उपस्थित दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रममा गायक राम अन्जानले समेत आधुनिक गित प्रस्तुत गरेका थिए ।

कतारमा आफ्नो नाम स्थापित गर्न सफल नृत्य समुह युएण्डएन गु्रपको समुहले नेपाली तथा हिन्दी गितमा आफ्नो नृत्य प्रस्तुत गरे ।

कार्यक्रममा लोकदोहरी गायकहरु शरद पाण्डे, दिलकुमार बिक, ज्योति गुरुङ्ग र कमला गुरुङ्गको दोहोरी घम्साघम्सीले दर्शकहरुलाई नचायो । प्रभात त्रिपाठीले संयोजकत्व गरेको बाध्यबाधन टिममा पुर्ण नेपाली , विकास गुरुङ्ग , इश्वर पौडेल , ईश्वर विक र धुर्व बिसी साथै शिवराम ढकालले साथ दिएका थिए ।

कार्यक्रममा गायक धुर्व विसीले शुभकामना मन्तव्य राख्दै वालिङ्गमा भेट्नलाई बोलको गित गाए । अर्का लोकदोहोरी गायक राम प्रसाद खनालले ‘भुकम्पले नेपालमा के भयो , कालमा हजारौ ज्यान गयो ‘ बोलको गितसँगै आफ्नो प्रस्तुती शुरु गरे ।

कार्यक्रमको अतिथीको रुपमा व्यवसायी तथा समाजसेवी नविन पोख्रेल, स्याङ्गजा सहयोग समाजका सल्लाहकार टुकराज अर्याल, अर्घखाची सेवा समाजका अध्यक्ष युवराज पाण्डे, जनसम्पर्क समितिका सभापती बिमल सुबेदी , प्रवासी नेपाली मन्चका निर्वतमान उपाध्यक्ष चानक पोख्रेल , मोसु कतारमा सचिव चिरन्जिवी तिम्सिना, व्यवसायी याम केसी लगायत विभिन्न संघसंस्थाका संगितप्रेमी दर्शकहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment