Comments Add Comment

मस्यौदामा हस्ताक्षर गर्ने कि नगर्ने दोधारमा छु : बाबुराम

Baburam-Bhattrai

१३ साउन, काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानको मस्यौदामा हस्ताक्षर गर्ने कि नगर्ने भन्नेमा आफू दोधारमा रहेको बताएका छन् ।

नेृपाल पत्रका्र महासंघले बुझाएको ज्ञापन पत्र बुझ्दै भट्टराईले अहिलेको मस्यौदालाई सुधार नगरी जोन हो भने उत्पीडितको माग सम्बोधन नहुने बताए । ‘महिला, दलित, जनजाति सबैले आफ्नो अधिकार संविधानमा परेन भन्नु भएको छ’ उनले भने-‘उनीहरुको संविधान नबने मृत्यु पत्रमा हस्ताक्षर गरे जस्तो हून्छ । त्यस्तो मृत्युपत्रमा हस्ताक्षर गर्ने कि नगर्ने भन्नेमा म गम्भीर दोधारमा छु ।’

उनले सम्वाद समिति र पहिलो संविधानसभामा सहमति भएका विषयहरु समेत मस्यौदा समितिबाट हटाइएको बताए । विगतका सहमति उल्टाएर मस्यौदा समितिले बदमासी र अपराजजन्य काम गरेको भन्दै नले भने-‘विगतको सहमतिलाई उल्टाउने गरी आएको मस्यौदालाई कतिपयले त कम्प्युटरले लेखेको भन्ने गरेको पाइन्छ ।’

एमाओवादी वरिष्ठ नेता समेत रहेका भट्टराईले पूर्ण प्रेस स्वतन्त्रताको पूर्ण शब्दलाई आश्चर्यजनक रुपमा हटाइएको बताए ।

पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्वन्धी व्यवस्थामा रहेको प्रतिवन्धात्मक वाक्यांश हटाउन र पूर्ण प्रेस स्वतन्त्रता राख्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment