Comments Add Comment

बुढीगण्डकी करिडोर विकास प्राधिकरण बनाउन प्रस्ताव

१३ साउन, काठमाडौं । जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले समितिको स्तरोन्नति गरी बुढीगण्डकी करिडोर विकास प्राधिकरण बनाउन प्रस्ताब गरेका छन् ।

Budigandaki१२ सय मेगावाट विद्युत उत्पादन क्षमताको बुढीगण्डकी आयोजनाको बहुउपयोग गर्न प्राधिकरण आवश्यक रहेको अध्यक्ष देवकोटाले बताए ।

‘प्रधानमन्त्री, मन्त्री तथा सबै सचिवहरुलाई प्राधिकरण गठनको प्रस्ताव गर्दै अबधारणापत्र बुझाइसकेको छु’ उनले भने ।

प्राधिकरण गठन गर्न थप २० हजार रोपनी जग्गा अधिकरण गर्नुपर्ने र त्यसका लागि प्रतिहजार १ अर्बका दरले २० अर्ब रुपैयाँ बजेटको चाहिने देवकोटाले बताए । विद्युत उत्पादनका लागि मात्रै सरकारी र निजी स्वामित्वको १ लाख ३० हजार रोपनी जग्गा अधिकरण गर्नुपर्ने प्रतिवेदन छ ।

प्राधिकरण गठन गरी आयोजना स्थललाई पर्यटकीय नगरी र मुलुककै ठूलो आर्थिक क्षेत्रकोरुपमा विकास गर्न सकिने उनको अवधारणा छ । यस क्षेत्रमा वाषिर्क खर्बभन्दा बढीको आर्थिक करोबार गर्न सकिने संभावना रहेको उनले बताए ।

आयोजनाका लागि २ सय ६३ मिटर अग्लो बाँध निर्माण गर्दा फेवातालभन्दा १५ गुणा ठूलो ताल बन्ने सो तालको वरीपरि रिङरोड बनाउनुपर्ने देवकोटाको प्रस्ताब छ । रिङरोड छेउमा बस्ती तथा अन्य क्षेत्रको विकास गर्ने देवकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment