Comments Add Comment

कीर्तिपुरमा बहुउद्देश्य कभर्डहल बन्ने

Keshab-bista-and-hira-maharjan

१३ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय मापदण्डको बहुउद्देश्य कभर्डहल बनाउन त्रिभुवन विश्वविद्यालयले जग्गा उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र त्रिभुवन विश्वविद्यालयबीच १४ बुँदे सम्झौता पत्रमा बुधवार हस्ताक्षर भएको छ । ५० रोपनी क्षेत्रफलमा निर्माण हुनेे खेलस्थलको नाम त्रिभुवन विश्वविद्यालय कभर्डहल रहने सम्झौता-पत्रमा उल्लेख गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को सम्पूर्ण लगानीमा वहुवषिर्य योजना अनुसार निर्माण कार्य सम्पन्न गर्ने तथा संचालन र ब्यवस्थापनका लागि त्रिभुवन विश्वविद्यालय कभर्डहल ब्यवस्थापन समिति गठन गरिनेछ । त्रिविविले उपलब्ध गराएको जग्गामा निर्माण हुने कभर्ड हल ५ हजार दर्शक अटाउने क्षमताको हुनेछ । कभर्डहल निर्माणका लागि ५० करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

कीर्तिपुरस्थित त्रिविविको स्वामित्वमा रहेको पुर्व, पश्चिम र उत्तरतर्फ बोटानिकल गार्डेन तथा दक्षिणतर्फ कीर्तिपुर जाने सडक र विद्यार्थी क्लबको भवन चार किल्ला रहेको खेल मैदान रहने छ । त्यस्तै पिच बाटोको दक्षिणतर्फ रहेको खाली जग्गा पार्किङका लागि त्रिविविले राखेपलाई उपलब्ध गराउने सम्झौता-पत्रमा उल्लेख गरिएको छ ।

कभर्डहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता एवं प्रशिक्षण सन्चालन गर्न, खेलकुद स्थलको रुपमा विकास गर्न राखेपलाई आवश्यक परेमा त्रिविविले उपलब्ध गराउने पनि सहमति भएको छ । कभर्डहलको अधिकारीक कागज पत्र तथा मुदि्रत सामग्रीमा दुवै पक्षको उपस्थिति जनिने हाल प्रचलनमा रहेको दुवै पक्षको पहिचान चिन्ह (लोगो) उपयुक्त ठाउँमा राख्ने र कभर्डहलमा प्रयोग हुने बिजुली, पानी र सुरक्षाको ब्यवस्थापन त्रिविविले गर्ने उल्लेख गरिएको छ ।

राखेपका सदस्य-सचिव केशव विष्टले अन्तर्राष्ट्रिय स्तरको कभर्डर्हल निर्माण गर्ने सम्झौंता खेलकुदको इतिहासमा कोसेढुंगा सावित हुने बताए ।

त्रिविका उपकुलपति प्रा.डा.हिरावहादुर महर्जनले शैक्षिक बर्ष २०७२/७३ देखि नेपालमा पहिलो पटक स्नातकोत्तर तहमा खेल बिज्ञान प्रवेश गराई शैक्षिकसत्र सुरु गरिने भएकोले अन्तर्राष्ट्रिय स्तरको बहुद्देश्य कभर्डर्हल अत्यावस्यक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment