Comments Add Comment

जनमतसम्बन्धी प्रतिवेदन संवाद समिति पठाइयो  

१३ साउन, काठमाडौं । संविधानसभाले संविधानको पहिलो मस्यौदामाथि नागरिकले दिएका रायसुझाव र प्रतिक्रियासम्बन्धी प्रतिवेदनलाई संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पठाएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको पेश गरेके जनताको प्रतिक्रियासम्बन्धी प्रतिवेदन र सभाको निर्देशनलगायतका सम्पूर्ण कागजातसहितको विवरण सम्वाद समितिमा पठाइयोस् भन्ने प्रस्ताव बहुमतले स्विकृत गरेको छ ।

बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफमा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिका सभापति प्रमिला राणाले महत्वपूर्ण सुझावलाई संविधानसभाले सम्पत्तिको रुपमा राख्ने व्यवस्था मिलाएको तथा उपयोगी सुझावको सम्बोधन गरिने जानकारी दिए ।

प्रतिवेदनमाथि सम्वाद समितिमा भोलिदेखि छलफल हुनेछ । संविधानका अन्तर्वस्तुमा दलहरुबीच देखिएको कतिपय असहमतिका बुँदालाई सहमतिमा रुपान्तरण गर्न सम्वाद समितिले चार दिनको समय पाएको छ ।

प्रारम्भिक मस्यौदामाथि जनताले दिएका सुझावलाई सम्बोधन गर्न समितिमा व्यापक छलफल हुने र सहमतिका आधारमा नयाँ संविधानमा समेट्ने काम हुनेछ ।

यसअघि संविधानसभाको बैठकमा ८३ जना सभासद्ले संविधानको प्रारम्भिक मस्यौदामा देखिएको कमीकमजोरी, सम्बोधन गर्नुपर्ने जनताका सुझाव तथा सुधार र परिमार्जनका आधारबारे केन्द्रित रहेर भनाइ राखेका थिए ।

संविधानसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment