Comments Add Comment

पत्रकार संग्रौलाको उपन्यास ‘अनलाइक्ली स्टोरीटेलर’ सार्वजनिक

काठमाडौं । पत्रकार विकास संग्रौलाले लेखेको अंग्रेजी उपन्यास ‘अनलाइक्ली स्टोरीटेलर’को मंगलबार विमोचन गरिएको छ ।

यसअघि आफ्नै प्रकाशनको अंग्रेजी अनुवाद मात्र तयार पार्दै आएको पब्लिकेशन नेपालयले पहिलोपटक मौलिक अंग्रेजी कृति प्रस्तुत गरेको हो । दस वर्षे द्वन्द्वकालमा न्युजरुम भित्र सक्रिय एउटा पत्रकारको सेरोफेरोमा उपन्यासको विषयवस्तु घुमेको छ ।

 ‘एकातिर बेग्लै संसारमा बाँचेको एउटा बाबुको कथा छ, जसले निकैपछि छोरी माओवादी लडाकु भएको थाहा पाउँछ,’ पुस्तकको वर्णन गर्दै प्राध्यापक अभि सुवेदीले भने, ‘त्यसैगरि इतिहासको कुनै कालखण्डमा गरेको गल्तीका कारण अभिशप्त जीवन बाँच्दै आएको परिवार छ ।’

सुवेदीका अनुसार यी भोगाइहरुलाई न्युजरुमको एकाग्रताबाट दिक्क भएको पत्रकारले पछ्याउन थाल्छ र एकपछि अर्को घटना तयार हुँदै जान्छन् । ‘शायद पहिलो प्रयास भएकाले ३–४ वटा उपन्यासमा अटाउने विषयवस्तु लेखकले एउटैमा समेटेका छन्,’ समालोचना गर्दै सुवेदीले भने, ‘तर, समग्रमा उपन्यास राम्ररी लेखिएको कृति बन्न पुगेको छ ।’

लेखक संग्रौलाले तथ्यमा आधारित रहेर गरिने पत्रकारिता र कल्पनाशिलताको बलमा लेखिने आख्यानबीचको फरक अनुभव सुनाए । ‘सुरुमा लेख्न सजिलो, त्यसपछि रमाइलो लाग्दै जाँदो रहेछ,’ उनले अनुभव साटे, ‘पाण्डुलिपी तयार भएर अन्तिम स्वरुपमा आउन्जेलको अवधि भने सबैभन्दा कठिन लाग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment