Comments Add Comment

विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा सिद्धान्तले मौका पाएनन्

Sudanta-lohani

  • जर्सीविरुद्धको खेलमा ब्याटिङ गर्दै सिद्धान्त लोहनी

१३ साउन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले डेब्यू खेल खेल्दा सिद्धान्त लोहनीले मौका पाएनन् ।

नेपाल र स्कटल्याण्डबीच पहिलो खेल अहिले भइरहेको छ । वर्षाले प्रभावित खेल ३६ ओभरमा छोट्याइएको छ । नेपालले टस जितेको छ र स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको छ ।

नेपाली टोलीमा महेश क्षेत्री र अनिल मण्डल छन् । कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति गौचन, शरद भेवासकर, सोमपाल कामी, करन केसी, प्रदिप ऐरी र राजेश पुलामी मगर छन् ।

सिद्धान्त, पृथु बास्कोटा र अभिनाश कर्ण बेन्चमा छन् । टी-२० विश्वकप छनोट क्रिकेटमा जर्सीविरुद्ध डेब्यू गरेका सिद्धान्तले २७ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment