Comments Add Comment

बिहीबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट विहीबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले ८ खर्बको आयात, भूकम्पपीडितलाई सहुलियत ऋण, सहकारीलाई वित्तीय संस्थाको सेयर खरिद गर्न रोक लगायतका खबर छन् ।

कारोबार दैनिकमा ८ खर्बको आयात, ७.१७ खर्ब ब्यापारघाटा, फाष्ट ट्रयाक नेपालीबाटै बनाउन भट्टराईको लबिङ, घरजग्गा राजश्व दोब्बर, जलविद्युत कम्पनीको ३ अर्ब २३ करोड लगानी भएन, चीनको सुन आयात घट्ने, बुधवार पनि घट्यो सेयर बजार लगायतका खबर छन् ।

नागरिक दैनिकमा फाष्ट ट्रयाक आफै बनाउनुपर्छ, भूकम्पपीडितलाई सहुलियत ऋणः प्रक्रिया पुर्याउनै समस्या, जलविद्युत र जलवायुमा एकजुट हुने सहमति, धानबाली संकटमा, पेट्रोलमा इथानोल नीति कागजमै सीमित लगायतका खबर छन् ।

अभियान दैनिकमा सहकारीलाई वित्तीय संस्थाको सेयर खरिद गर्न रोक, विकास समितिलाई प्राधिकरणमा स्तरोन्नति गर्ने प्रस्ताव, भूकम्पपछि साढे ३ सय मात्रै जीवन बिमा दाबी, उखु मूल्य समायोजन गर्न ब्यवसायीको माग, दाङमा ट्राफिक राजश्व ७५ प्रतिशत वृद्धि लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा पुँजीवृद्धिले बैंक विस्तारमा बाधा, मोबाइल नेटवर्कको समस्याले हैरानी, नयाँलाई पनि कोपाइलट सरहको ज्ञान अनिवार्य, फाष्ट ट्रयाकको मोडलमा असहमति, फेरि जाग्यो अलैंची खेती, संसद विकास कोषको रकम खर्च भएन, पर्यटनमा उत्साह थप्दै क्यानोनिङ लगायतका खबर छन् ।

eco1 eco2 eco3 eco4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment