Comments Add Comment

स्कटल्याण्डविरुद्ध अन्तिम दुई ओभरमा चुक्यो नेपाल

Nepal-Vs-Scotland

  • स्कटिस कप्तानलार्इ खुकुरी उपहार दिँदै नेपाली कप्तान

१४ साउन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको डेब्यू खेलमा नेपाल स्कटल्याण्डसँग ३ रनले पराजित भएको छ । अनिल मण्डलको शतकीय पारी र कप्तान पारस खड्काको ७० रनका बावजुत नेपालले अन्तिम दुई ओभरमा चुक्यो ।

३६ ओभरमा छोट्याइएको खेलमा नेपालले घरेलु टोलीबाट २३६ रनको लक्ष्य पाएको थियो । ओपनर महेश क्षेत्री र अनिल मण्डलले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरे । महेश २१ रनमा आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्ल १८ रनमा आउट भए ।

तर, अनिल र कप्तान पारसले शतकीय सझेदारी गर्दै नेपाललाई जित नजिक पु¥याए । अन्तिम दुई ओभरमा नेपाललाई २५ रन चाहिएको थियो ।

३५ औं ओभरको चौथो बलमा पारस क्याच आउट भए । अनिल अण्डलसँग १३९ रनको साझेदारी गरेका पारस व्यक्तिगत ७० रनमा पभेलियन फर्किए । अर्को बलमा शरद भेसवाकर शुन्यमै आउट भए ।

अन्तिम ओभरमा नेपाललाई १७ रन चाहियो । तर, पहिलो बलमा अनिल मण्डल पनि आउट भए । मण्डलले ९३ बलमा नौ चौका र एक छक्कासहित १०० रन बनाए । आईसीसीले अनिलको स्कोर ९७ र पारस ७७ भनेको छ भने क्रिक इन्फो र स्टकल्याण्ड क्रिकेटले अनिल १०० र पारस ७० रनमा आउट भएको बताएको छ ।

दोस्रो बलमा प्रदिप ऐरीले १ रन जोडे । तेस्रो बलमा सोमपाल कामीले छक्का हान्दै जितको आज जगाए । तर, त्यसपछिका दुई बलमा १–१ रन मात्र लिएपछि नेपाल चुक्यो ।

अन्तिम बलमा सोमपालले चौका हानेपनि त्यो जितका लागि पर्याप्त भएन । सोमपाल ११ र प्रदिप ४ रनमा अविजित रहे ।

खेल हेर्न पन्चे बाजासहित पुगेका नेपाली क्रिकेट समर्थक
खेल हेर्न पन्चे बाजासहित पुगेका नेपाली क्रिकेट समर्थक

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको घरेलु टोलीले ७ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । २२ औं आभरमा १०१ रन जोड्दा ५ विकेट गुमाएको घरेलु टोलीको पारी प्रिस्टन मोम्सन र कोन डी ले सम्हाले ।

उनीहरुले छैटौं विकेटका लागि ११३ रनको साझेदारी गरे ।  मोम्सनले ६२ बलमा ७८ रनको पारी खेले भने कोन डी लन्गेले ४१ कबलमा ५५ रन बनाए । ओपनर काइल कोट्जसले ४१ रन बनाए ।

नेपालका पारस खड्का र बसन्त रेग्मीले २–२ विकेट लिए भने करन केसी र सोमपाल कामीले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment