Comments Add Comment

अनिल बने लिस्ट ए क्रिकेटमा शतक बनाउने पहिलो नेपाली क्रिकेटर

१४ साउन, काठमाडौं । अनिल मण्डल लिस्ट ए क्रिकेटमा शतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेका छन् ।

Anil Mandalविश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल स्कटल्याण्डसँग ३ रनले पराजित भयो । तर, उक्त खेलमा ओपनर अनिलले शतक बनाए ।

९३ बलको सामना गरेका अनिलले नौ चौका र एक छक्का हाने । ३६ ओभरमा छोट्याइएको खेलको अन्तिम ओभरको पहिलो बलमा उनी आउट भएका थिए ।

यसअधि लिस्ट ए क्रिकेटमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले ९१ रन बनाएका थिए ।

यस्तै अनिलले कप्तान पारस खड्कासाग तेस्रो विकेटका लागि १३९ रनको साझेदारी गरे । यो लिस्ट एमा नेपाली क्रिकेटरको ठूलो साझेदारी हो ।

साथै पारस खड्काले ७० रन बनाए । यो लिस्ट ए क्रिकेटमा उनको तेस्रो अर्धशतक हो ।

लिस्ट एमा अर्धशतक बनाउने अन्य नेपाली क्रिकेटमा ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी पृथु बास्कोटा र शरद भेवासकर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment