Comments Add Comment

एनआरएन अध्यक्षमा फेरि शेष घले नै किन ?

Shes Ghale 650

बसन्त रानाभाट

“परिवर्तन हुनको लागि समय लाग्छ वा समयसँगै काममा निरन्तरता दिन सकियो भने मात्र परिबर्तन सम्भव छ।” यसो भनिरहदा बिश्वको शक्तिशाली र समृद्ध मानिएको देश संयुक्त राज्य अमेरिकालाई सम्झन मन लाग्छ। हुन त त्यहाँ पुगेर अनुभव गरेर वा देखेर गरिएको भोगाई, अनुभूतिको सम्झनाँ भने यो पक्कै पनि होईन। तर मेरो अनुभूतिमा यति मात्र छ याद छ कि, बाल्यअबस्था ताका पनि संयुक्त राज्य अमेरिका ठुलो देश हो भनेर बुझाईन्थ्यो। शक्तिशाली देश हो भनेर पढाईथ्यो। र आज करिब ३ दशकको हाराहारीमा आई पुग्दा पनि बिश्वको शक्तिशाली राष्ट्रको रुपमा अमेरिका नै हो भनेर बुझिन्छ,पढिन्छ।अमेरिका शक्तिशाली हुनु,बिकसित हुनु, आर्थिक प्रगतिले छलाङ्ग मार्नु, वा यस्तै यस्तै फरक बिषय बस्तुमा फरक फरक कारणहरु पक्कै पनि छन्।

तर मलाई अझै पनि सम्झनाँ छ, अमेरिकाको बारेमा पहिलो पटक सुन्दा र बुझ्दा सँगै राष्ट्रपति बिल क्लिन्टन नाम सुनेको थिएँ। यो आफ्नो सम्झनाँमा याद्कार रहेको अमेरिकी राष्ट्रपतिको पहिलो नाम थियो। तर ईतिहास पढ्दै र सिक्दै जाँदा थुप्रै नामहरु सुनियो वा पढियो यो अलग कुरा हो।

वसन्त रानाभाट
वसन्त रानाभाट

आँफूले बुझ्ने बेला देखि आजको यो समय सम्म अमेरिकी राष्ट्रपतिका नामहरु धेरै सुन्न परेन। अमेरिकाका ४४ औ राष्ट्रपति बनेका क्लिन्टनले सन् १९९३ देखि सन् २००१ सम्म काम गरे। त्यस पछि राष्ट्रपतिमा रिपप्लिकन पार्टीबाट जर्ज डब्लु बुसले चुनाब जिते। हरेक चार बर्षमा हुने राष्ट्रपतीय कार्यकाल उनले पनि लगातार दुई पटक पुरा गरे। यस्तै डेमोक्र्याटबाट चुनाब जित्दै अमेरिका राष्ट्रपति बने बाराक ओबामा। सन् २००९ जनवरी २० तारिक देखि अहिलेसम्म राष्ट्रपतिको रुपमा उनीनै रहेका छन्।

एक कार्यकाल पुरा गरेका उनले दोस्रो कार्यकालका लागि पनि चुनाब जिते। ओबामाले सन् २०१७ जनवरी २० तारिक देखि आफ्नो जिम्मेबारी पुरा गर्दै छन्। आफ्नै आँखा अगाडी दुई दशक भन्दा लामो समय सम्म अमेरिकाको नेतृत्व तिन जनाले मात्र सम्हाले ।  कम्तिमा ८ बर्ष काम गर्ने अनुमति, जनताले मत दिएर नै उनीहरुलाई अधिकार दिएँ। तसर्थ आलेखको शुरुवातमा नै लेखिएको छ, “परिबर्तन हुनको लागि समय लाग्छ वा समय सँगै काममा निरन्तरता दिन सकियो भने मात्र परिबर्तन सम्भव रहेछ ।”

तर सोहि अबधिमा नेपालमा भने १९ जना प्रधानमन्त्रीहरुले देशको नेतृत्व चलाएँ। हुन त यो समयमा देशले फरक फरक मोडहरुको सामाना गर्यो । सक्रमण काल,युद्द,शान्ति सम्झौता,जनआन्दोलन,गणतन्त्र,नयाँ संबिधान निर्माण, फरक फरक अबस्थाहरु नेपाली जनताहरुले भोगीरहेका छन् ।आँफुले बुझ्न सकिने बेला देखि अहिले सम्म अमेरिकी ३ राष्ट्रपति नाम कण्ठस्थ सुनाउँन सकिने भएँ पनि,आफ्नै देशका प्रधानमन्त्रीका नामहरु सम्झन सायेद अरुलाई पनि हम्मे हम्मे नै होला।

देशमा गणतन्त्र स्थापना पछि मात्र मुलुकमा ७ जना प्रधानमन्त्रीको लामो लिष्ट नै छ । बुझाईमा यो पनि लाग्यो जब नेतृत्वले कम्तिमा केहि समय निरन्तरता पाउँन सक्दैन,त्यहाँ बिकास,परिबर्तन वा आर्थिक प्रगति गर्न असम्भव छ। काममा निरन्तरता रहदैन बिकासको फड़को मार्न असम्भव जस्तै हो। नेतृत्व परिबर्तन भई रहदाँ मुलुकमा संक्रमणकाल बढ्दै जानु स्वभाबिक जस्तै देखियो।दुई दशकमा लगभग बर्ष नि प्रधानमन्त्रीको फोटो टाँस्न पुगेको हाम्रो देश नेपाल यसको ज्वलन्त उदाहरण हो।

नेतृत्व केहि पल, केहि क्षण,वा केहि समय बलियो र उत्कृष्ट भएर मात्र परिबर्तन असम्भव रहेछ। अमेरिकी जनताहरुले यसै कारणले होला कम्तिमा नेतृत्व लिने चाहानेलाई काम गर्ने समय दिन्छन्। अवसर दिन्छन्।रिपप्लिकनलाई सन् १९९३ देखि २००१ सम्मको यात्रा सम्म होस् वा डेमोक्र्याटबाट क्लिन्टनको दुई कार्यकाल होस् वा अहिले ओबामाको सन् २००९ देखि २०१७ सम्म पुग्ने अबधि किन होस् काम गर्ने मताधिकार दिएँ।रिपप्लिकन र डेमोक्र्याट फरक फरक बिचार भएँ पनि काम गर्ने अवसर लगातार किन पाउँछन् त ? यो जनताले काम गर्ने अबसर दिएर नै हो।

आज प्रबासी नेपालीहरुहरुको छाता संगठन गैर आबासीय नेपाली संघ ( एनआरएन) को बिश्व सम्मेलन नजिकै गर्दा नेतृत्वको बिषयलाई लिएर चर्चा परिचर्चा शुरु भईसकेको छ। धेरै गैर आबासीयहरु अहिलेको नेतृत्वको बिकल्पमा हैन निरन्तरताको पक्षमा उभिएँका छन्। पछिल्ला काम र गतिबिधिहरुका कारण अहिले कै नेतृत्वको निरन्तरता अपरिहार्य र अनिबार्य नै महशुस भईरहेको छ।

संघले गरेका परोपकारी कामहरुका कारण एनआरएनको चर्चा र प्रशंसा बढिरहेको बेला प्रवासमा संघका अध्यक्ष शेष घलेको निरन्तरताको माग चर्को रुपमा बढिरहेको छ। घलेको निरन्तरता किन आबश्यक छ त ?

दुई मुलुकहरुलाई सम्मालेका नेतृत्वबाट माथि प्रष्ट पार्ने कोशिस गरिएको छ। चाहे देश चलाउँन होस् वा संगठन हाक्न किन नहोस्, आधार एउटै हो। नेतृत्व सफल भएँ देश,संगठन,पार्टी वा यस्तै यस्तै हरेक थोक सफल बनाउँन सकिन्छ । अझ देख्ने  गरि परिबर्तन हुन समय लाग्छ नै,त्यसैले काम गर्ने नेतृत्वले पनि निरन्तरता दिन सक्नु पर्छ।

गैर आबासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई आज त्यस्तै जिम्मेबारी छ,प्रबासका नेपालीहरुको आबाजलाई सुन्न जरुरी छ। अर्को २ बर्ष फेरी नेतृत्व लिन जरुरी छ। गैर आबासीयहरुको मुहार फेर्न जरुरी छ। अब फेरि एकपटक एनआरएनको नेतृत्व सम्हाल्न जरुरी छ। गैर आबासीयहरुले घलेलाई बिश्वास गरेका छन्,आँखा चिम्लेर साथ दिएका छन् किनकी कामले उनलाई गैर आबासीयहरुको क्लिन्टन बनाएको छ, ओबामा बनाएको छ।

संघले गरेका परोपकारी कामहरुका कारण एनआरएनको चर्चा र प्रशंसा बढिरहेको बेला प्रवासमा संघका अध्यक्ष शेष घलेको निरन्तरताको माग चर्को रुपमा बढिरहेको छ। घलेको निरन्तरता किन आबश्यक छ त ?

घलेको हातबाट राहत थाप्नेहरु टहराको पर्खाईमा

देशमा भूकम्प गएपछि गैरआबासीयहरुको सक्रियता र योगदानको चौतर्फी प्रशंसा भयो। संघका अध्यक्ष घलेको योगदान र नेतृत्वले एक सच्चा नेपालीको परिचय दिन सफल भएको छ। संघले गोर्खा, लम्जुङ, धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली र सोलुखुम्बु गरी १३ जिल्लाका बिभिन्न गाउँविकास समितिमा पुगेर राहत वितरण गर्यो।

वैशाख १२ गते आएको महाभूकम्प लगत्तै गैरआवासीय नेपाली संघले घोषणा गरेको राहत कार्यक्रम अर्न्तगत अति प्रभावित १३ जिल्लाका करिव १७ हजार परिवारलाई राहत वितरण जनाएको छ। जसबाट अनुमानित करिव ६८ हजार भूकम्पपीडित प्रत्यक्ष लाभान्वित बनेका छन् ।

यस अघि शेष घले धनका अरबपति कि मनका ? शिर्षकमा लेखिएको आलेखमा थुप्रै कुराहरु बयान गरिसकिएको छ। तर आज जिम्मेबारीका कुराहरुलाई बढी जोड्न मन लागेको छ। देशमा बिनाशकारी भूकम्प पछि गैर आबासीयहरुले खेलेको भूमिका त प्रशंसनिय त छ नै। तर त्यति बेला थुप्रै पिडितहरुको घाउमा मल्हम लगाउँदै ठुलो प्रतिबद्दता गैर आबासीयहरुले बिकट गाउँहरुमा छोडेर आएका छन्।

एक हजार घर टहरा बनाउँने उद्घोषक संघले यस अघि गरि सकेको छ। राहत बितरणमा देखाएको तदारुकता जस्तै गरि देश पुनर्निमाणमा जुट्न जरुरी छ। समय मिलाएर गाँउ फर्कन जरुरी छ। हरेक राष्ट्रिय समन्वय परिषदका जम्मा भएको रकम एकै ठाँउमा केन्द्रित गरेर अब छिट्टै आफ्नो बाचालाई पुरा गर्न जरुरी छ। अक्टोबरमा हुने बिश्व सम्मेलनमा भाग लिन देश फर्कने सयौ गैर आबासीय युवाहरुलाई चुनाब,प्रचार प्रसार निर्बाचनमा मात्र केन्द्रित हैन फेरि एक पटक सिन्धुपाल्चोक, गोर्खा, दोलखा जस्ता जिल्लाहरुमा पुर्याउने योजना अहिले नै तय गर्नु पर्दछ।

हिजो रुदै घलेको हातबाट राहत थापेका पिडितहरुले गैर आवासीयहरुको बाटो हेरेर नै बसेका छन्। राम्रो ओत लाग्ने टहराको पर्खाईमा छन्। यति ठुलो जिम्मेबारी पनि घलेको काँधमा नै छ। अक्टोबरको सम्मेलन पछि पनि बाँकी रहेका महत्वपूर्ण जिम्मेबारीहरुलाई पुरा गर्न घलेले नै नेतृत्व लिन जरुरी छ। हातमा हात र साथमा साथ दिन संसार भर ७० बढी मुलुकमा रहेका गैर आबासीयहरु तयार रहेका छन्।

आफ्नै घर बनाउँने जिम्मेवारी

हरेकलाई आफ्नो घर महत्वपूर्ण मात्र हैन प्यारो पनि हुन्छ। संसार भरका गैर आबासीयहरुले अथक प्रयास गर्दै आफ्नो घर बनाउँदै छन्। सबैका लागि खुशी र गर्बको कुरा पनि हो। सन् २०१५ मार्च ९ का दिन संघको प्रधान कार्यालय भवनको शिलान्यास प्रधानमन्त्री सुशील कोईरालाले गरेका थिए।

भवन निर्माणका लागि संसार भरका गैर आबासीयहरुले खुल्ला मनले सहयोग गरे। अध्यक्ष घलेले कार्यभार सम्हाले देखि नै आफ्नो पहिलो प्राथमिकतामा भवन निर्माणलाई राखेका थिए। सोहीअनुसार उनकै संयोजकत्वमा भवन निर्माण समिति गठन भई बिभिन्न मुलुकहरुमा रकम संकलन अभियान संचालन गरिएको थियो। संसारभर रहेका गैर आबासीयहरु माँझ पुगेर रकम संकलन गर्न घले आँफै खटिए।

भवन निर्माणका लागि करिव १७ करोड भन्दाको बढी प्रतिबद्धता जुटिसकेको एनआरएनको अफिसियल साईटमा यस अघि जानकारी राखिएको थियो। तर निर्माणको कामलाई देशमा गएको विनाशकारी भूकम्पले स्वभाबिक रुपमा प्रभाव पार्यो नै। घर बनाउँने सपना घले सँगै हजारौ गैर आबासीयहरुको देखेको सपना हो त्यसैले यसलाई पनि छिट्टै पुरा गर्नु पर्छ।

बिगतको २ बर्षको मात्र कामको मुल्याङ्कन गरेर एनआरएनको प्रशंसा गर्नु न्यायसंगत नहोला। आजको यो स्थान सम्म आई पुग्न,संघले११ अक्टोबर सन् २००३ देखि नै प्रत्येक सेकेण्ड संघर्ष गर्दै आएको छ। चुनौतीको सामाना  गरेको छ। आज संसार भर प्राय : नेपाली बसोबास गर्ने मुलुकहरुमा पुग्न सक्नु यसको प्रतिफल हो । प्रबासमा रहेका नेपालीहरुको अभिभाबक बन्न सक्नु ठुलो सफलता हो। त्यसैले यो बेला एनआरएनको उचाई बढेको बेला हो।

उचाई बढाउँन भन्दा पनि त्यही उचाईमा राखि राख्न ठुलो चुनौती मानिन्छ। चुनौतीको सामाना केबल असल नेतृत्वले गर्न सक्छ। आजको दिनमा चुनौतीको सामाना गर्न सक्ने एउटै बिकल्प शेष घले नै हुन्। उनि प्रति गैर आबासीयहरुको मात्र हैन,सम्पूर्ण नेपालीहरुको ठुलो भरोसा छ।सरकारले पनि बिश्वास गर्यो ,त्यसैले बिशेष दूत बनायो।

गैर आबासीयहरुले पिडितहरुलाई हजार घर बनाउँने प्रतिबद्दता छोडेका छन्,आफ्नै घर पनि बनाउँदै छन्,नयाँ बन्न लागेको संबिधानमा आफ्ना मागहरुलाई सुनिश्चित गर्न पनि जरुरी छ। यति धेरै चुनौतीको सामना गर्न फेरि शेष घले नै नेतृत्व सम्हाल्ने छन् भन्ने आशा हजारौ गैर आबासीयहरुले बोकेका छन्। घलेको मनले पनि हजारौको मनलाई सुन्न सकोस् बिजय सुनिश्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment