Comments Add Comment

असोजमा ३ वटा अवार्ड, जर्मनी र नेदरल्याण्डपछि नेपालमा ‘इनास’ अवार्ड

saroj-and-rupa-khanal
अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस)ले असोज महिनाको २५ र २६ गते चलचित्र अवार्ड गर्ने तयारी गरेको छ । यसअघि जर्मनी र नेदरल्याण्डमा (इनास) शिर्षकमा अवार्ड सम्पन्न भएपछि अब काठमाण्डौमा ११ विधामा अवार्ड वितरण गर्ने तयारी गरिएको हो ।

काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्ड आयोजनाको घोषणा गरिएको हो । सन् २०१२ मा जर्मनीमा २ विधामा अवार्ड वितरण सुरु गर्दै सुरुवात गरिएको अवार्ड समारोह नेदरल्याण्डमा आइपुग्दा ५ विधामा वितरण गरिएको थियो । अब भने ११ विधामा अवार्ड दिने तयारी थालिएको छ । यो अवार्डको घोषणासँगै असोज महिनामा मात्र ३ वटा अवार्ड समारोह हुने देखिएको छ ।

कार्यक्रममा नेपालका लागि (अनेकस)को कार्यसमिती पनि गठन गरियो । जसमा सरोज खनाल अध्यक्ष छन् । रुपा राना उपाध्यक्ष, प्रकाश सुवेदी उपाध्यक्ष, अनुपकुमार बराल महासचिव, आकाशबाबु खवास सचिव, कृष्णभक्त महर्जन कोषाध्यक्ष, इन्दिरा जोशी सह-कोषाध्यक्ष, दयाहाङ राई, शंकर वीसी, बाबु बोगटी, राजेश घतानी सदस्य छन् ।

नव-गठित कार्यसमितीका अध्यक्ष सरोज खनाले अनेकसले नेपाली चलचित्रलाई विदेशी बजारमा लैजान प्रयत्न गर्ने बताए । अनेकसका ग्लोबल अध्यक्ष पुष्प बरुवालको उपस्थितीमा नेपाल कार्यसमिती गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment