Comments Add Comment

सञ्जयले जेलमै मनाए जन्मदिन

sanjaya

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तले बुधवार आफ्नो ५६ औं जन्मदिन मनाएका छन् ।

सञ्जयलाई शुभकामना दिनका लागि उनका केही आत्मिय मित्र उनकी श्रीमति मान्यतासँगै पूर्णेमा रहेको यरवडा जेलमा पुगेका थिए र सामान्य शैलिमा उनको जन्मदिन मनाइएको थियो ।

सञ्जय अहिले यरवडा जेलमा ‘आम्र्स एक्ट’को सजाय काटिरहेका छन् । सञ्जयका परिवारका सदस्यले दिएको जानकारी अनुसार मान्यता जेल प्रशासनसंग अनुमति लिएर सञ्जयलाई भेटन गएकी थिईन् ।
सामान्य त जेल प्रशासनको नियम अनुसार महिनामा एकपटक मात्रै परिवारका सदस्यले कैदीबन्दीलाई भेटन पाउछन् ।

मान्यताले आफ्ना दुई बच्चाले बनाएको उपहार लिएर सञ्जयलाई भेटन गएकी थिईन् । सञ्जयले अघिल्ला दुईटा जन्मउत्सब पनि जेलमै मनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment