Comments Add Comment

असन्तुष्ट दलका माग सम्बोधन गर्न चारदलका शीर्ष नेताबीच छलफल

१४ साउन, काठमाडौं । असन्तुष्ट दलहरुका मुद्दा सम्बोधन गर्न प्रमुख चार दलका शीर्षनेता विहीबार बिहानैदेखि छलफलमा जुटेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा बसेको चार दलको बैठकमा असन्तुष्ट मधेशी तथा अन्य जातीय पार्टीहरुको माग सम्बोधन गर्ने उपायबारे छलफल भइरहेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार एमाओवादी र फोरम लोकतान्त्रिकले कम्तिमा प्रदेशहरुको सीमांकनको विषय टुंग्ाो लगाउन सक्दा असन्तुष्टिका स्वर मत्थर पार्न सकिने बताएका छन् ।

एमालेले भने सीमांकनतिर लाग्दा विवाद बल्झिने र संविधान साउन मसान्तमा ल्याउन नसकिने भन्दै सीमांकनको छलफलसम्म चलाउने तर टुंग्याउनेतिर लागेर संविधान रोक्न नहुने धारणा राखेको छ ।

कांग्रेसले पनि सीमांकनको विषय टुंगो लगाउन सके राम्रो हुने तर संविधान अहिले ल्याउन नसकिए धेरै जटिलता आउने भन्दै आयोग गठनतिर जानुपर्नेमा जोड दिएको छ ।

त्यस्तै शासकीय स्वरुपमा कांग्रेसले विगतमा भएको सहमतिबाट पछि हट्न नहुने भन्दै यसमा प्रवेश गर्न चाहेको छैन । धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षता शब्दमध्ये कुन राख्ने भन्नेमा पनि दलहरु निष्कर्षमा पुगेका छैनन् ।

स्रोतका अनुसार साउन ३२ को डेडलाइनलाई असर नपर्ने गरी सीमांकनको विषयमा छलफल गर्न दलहरु तयार हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment