Comments Add Comment

पहिरो पुरिएको खोजी र उद्दारमा सेना परिचालन

१४ साउन, काठमाडौं । कास्की लुम्ले र भदौरोमा गएको भीषण पहिरोमा परी मृत्यु भएको र जीवितै रहेकाहरुको खोजी तथा उद्दारमा नेपाली सेना परिचालित भएको छ ।
Pahiro
अविरल वर्षाका कारणवाट पहिरो गई ठुलो मात्रामा जनधनको क्षति पुग्न गएको खवर प्राप्त हुनासाथ सैनिक परिचालित भएका हुन् ।

पश्चिम पृतना हेडक्वार्टरअन्तरगतको फौजहरु कास्की तथा पर्वत जिल्लावाट घटनास्थलमा तत्काल पुगी तदारुकताका साथ खोज एवं उद्धार कार्य गरी राखेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

खोज एवं उद्धार कार्यको थप सहायताको निमित्त नेपाली सेनाको वेल हेलिकप्टर समेत काठमाण्डौंवाट घटनास्थलमा पुगी कार्य प्रारम्भ गरिसकेको सेनाले जनाएको छ ।

सेनाले कुनै पनि विपतको घडीमा जनधनको क्षति न्युनिकरण गराउन तत्काल परिचालित हुनसक्ने गरी सेना सदैव तयारी अवस्थामा रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment