Comments Add Comment

बन्ने भयो ‘के म तिम्रो होइन र’, आर्यनसँगै मरिष्काको जोडी

mariska pokheral
स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनुर’मा समावेश ‘के म तिम्रो होइन र’ बोलको गीतलाई अब चलचित्रको नाम बनाइएको छ । ‘कोहिनुर’का निर्देशक आकाश अधिकारीले निर्देशन गर्न लागेको यो चलचित्रका लागि २ नयाँ अनुहारलाई लिइएको छ ।

चलचित्रमा आकाशका भतिज आर्यन अधिकारी मुख्य भूमिकामा रहनेछन् । उनका साथमा नव-कलाकार मरिष्का पोख्रेलले चलचित्रमा अभिनय गर्नेछन् । करिब ४ बर्ष जापानमा कला बिषयमा अध्यापन गराएर फर्किएकी सुन्दरी मरिष्काले बलिउड चलचित्र ‘यारा’मा पनि काम गरेकी छिन् ।

उनले ३ वटा म्यूजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् । निर्देशक आकाश अधिकारीले ‘के म तिम्रो होइन र’लाई पूर्णतया लभस्टोरी कथामा तयार पार्न लागेको बताए । नयाँ अनुहारलाई लिदा कथावस्तु अनुसार दर्शकले पनि नयाँ अनुभुती गर्ने आकाशको भनाई छ ।
नव-कलाकार मरिष्का पोख्रेलले यो चलचित्रमा काम गर्नका लागि आफूले सक्दो मिहिनेत गर्ने बताइन् । अहिले आर्यन र मरिष्का दुबैले चलचित्रका लागि विभिन्न तालिम लिइरहेका छन् ।

नेपाली चलचित्रमा आर्यन र मरिष्काको आगमनलाई सुखद तरिकाले हेर्न सकिन्छ । आकाश अधिकारीको चलचित्रबाट उदाउन लागेका यी दुई कलाकारले चलचित्र क्षेत्रलाई राम्रोसँग वुझेर मात्र प्रवेश गर्न लागेको बताए । चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment