Comments Add Comment

पूजाको ‘प्रेम’ प्रदिप, फेरि करोड बजेटको चर्चा

pradip-and-puja
नेपाली चलचित्र मेकिङमा महंगा मानिएका निर्देशक सुदर्शन थापाले करोड बजेटमा ‘प्रेमगीत’ नामक चलचित्र बनाउने भएका छन् । लामो समयदेखि नायकको खोजी गरिरहेको यो चलचित्रको निर्माणपक्षले अन्तत ‘स्केप’का नायक प्रदिप खड्कालाई लिड रोलमा लिने भएको छ ।

चलचित्रको छायांकन शुक्रबारबाट सुरु हुनेछ । अब यो चलचित्रमा पूजा शर्मा र प्रदिप खड्काले रोमान्स गर्नेछन् । चलचित्र ‘स्केप’मा मुख्य कलाकार र निर्माताको रुपमा काम गरेपनि खासै नचिनिएका प्रदिप यो चलचित्रबाट चर्चामा आउने अपेक्षा राख्छन् ।

चलचित्रको छायांकन काठमाण्डौ, पोखरा, मुस्ताङ, कागबेनी लगायतका स्थानमा हुनेछ । चलचित्रमा अर्जुन पोख्रेलले संगीत भरेका छन् । लभ स्टोरी कथामा तयार हुने यो चलचित्रलाई सन्तोष सेनले निर्माण गर्दैछन् । चलचित्र ‘चंखे शंखे पंखे’ निर्माण गरेपनि वैशाख ११ गते भूकम्प गएपछि सन्तोषको यो चलचित्र जेठ १ मा प्रदर्शनमा आउन सकेको थिएन ।

यसैले, कात्तिक ३ गते ‘चंखे शंखे पंखे’को प्रदर्शन मिति अगावै ‘प्रेमगीत’को छायांकन प्रारम्भ गर्न लागिएको हो । भ्यालेन्टाइन डेको छेकोमो यो चलचित्रलाई प्रदर्शनमा ल्याउने निर्माणपक्षको भनाई छ । करोड बजेटको चलचित्रको प्रतिफल नआउँदै अर्को यती नै महंगो लगानीमा चलचित्र निर्माण गर्न तम्सिने सन्तोष निकै कम निर्माता मध्येका एक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment