Comments Add Comment

पर्यटनमा सवा ४ अर्ब वैदेशिक लगानी प्रतिवद्धता

Tourist

१४ साउन, काठमाडौं । भर्खरै सम्पन्न आर्थिक वर्ष २०७१/०७२ मा पर्यटन क्षेत्रमा ४ अर्ब ३० करोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको छ । जुन लगानी प्रस्ताव अघिल्लो वर्षको तुलनामा तीन अर्बले बढी हो ।

आर्थिक वर्ष २०७०/०७१ मा पर्यटन क्षेत्रमा १ अर्ब ३० करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको थियो । त्यतिबेला ८८ परियोजना मार्फत २ हजार ७१० जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको थियो ।

गत आर्थिक वर्षमा १३१ परियोजनाले लगानी प्रतिवद्धता जनाएका छन् । जसबाट ४ हजार ९२ जनालाई रोजगारी दिने प्रतिवद्धता छ ।

कुल लगानीमध्ये ठूला ४ परियोजनामा २ अर्ब ३२ करोड ३० लाख रुपैयाँको प्रतिवद्धता आएको छ । मध्यम खालका परियोजनामा ४३ करोड ४० लाखको प्रतिवद्धता आएको छ भने साना परियोजना १ अर्ब ५४ करोड ५९ लाख रुपैयाँको प्रतिवद्धता आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment