Comments Add Comment

हृदयाघातको जोखिम कम गर्छ नासपाती, अरु के-के छन् फाइदा ?

naspatiनासपातीको सिजन सुरु हुँदैछ । नासपाती खानमा स्वादिलो तथा मूल्यमा सस्तो फल मात्र होइन निकै हितकारी फल पनि हो । नासपातीमा हुने तत्वहरुले मानिसलाई कतिपय रोग तथा स्वास्थ्य समस्याबाट बचाउँछ, जुन निम्न छन्-

१. कोलेस्ट्रोल- नासपातीमा भएको पेक्टिन नामक घुलनशील फाइबरले सरीरको कोलेस्ट्रोलको मात्रालाई नियनत्रण गर्दछ ।
२. पाचन प्रणाली- आयुर्वेदका अनुसार नासपातीले पाचन क्रियालाई नियमित गर्दछ । नासपाती आफै पनि सजिलै पच्दछ र यसमा हुने पर्याप्त फाइबरले कब्जियत तथा अपचलाई समेत कम गर्छ ।

३. तिर्खा मेट्छ- यदि तपाइँ छिटै थाक्नुहुन्छ भने नासपातीको सेवनले तपाइँलाई फाइदा पूराउन सक्छ । नासपातीले छिटै उर्जा दिन्छ । साथै यसमा पर्याप्त पानीको मात्रा हुने भएकाले यसको सेवनले सरीरमा पानीको समेत आपूर्ति हुन्छ ।

naspati

४. क्यान्सर- नासपातीमा हाइड्रोअक्सिनोमिक एसिड हुन्छ जसले पेटको क्यान्सर रोक्न मद्दत गर्दछ । त्यसका साथै नासपातीमा हुने फाइबरले पनि पेटको क्यान्सरको जोखिम कम गर्छ र पेट तथा आन्द्रालाई स्वस्थ राख्न मद्दत गर्दछ ।

५. हड्डीको मजबुती- नासपातीमा हुने बोरोन तत्वले हड्डी मजबुत बनाउन सहयोग गर्छ ।

६. हृदयाघात- नासपातीको सेवनले हृदयाघातको जोखिम ५० प्रतिशतले घट्ने बताइएको छ । यसले सरीरको ग्लुकोजलाई उर्जामा बदलिदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment