Comments Add Comment

सीताको जिन्दगी : घरेलु हिंसादेखि घरेलु हिंसासम्म

१४ साउन, काठमाडौ । भनिन्छ, रामराज्यमा समेत सीतामाथि न्याय भएन । सीताको सतित्व जाँच्न अग्निकुण्डमा हाल्ने काम गरियो । उनलाई विस्थापित गरेर कुटीमा पठाइयो । रामलाई कसैले अग्नीकुण्डमा हालेन । यतिबेला एकजना आधुनिक युगकी सीताको जीन्दगी पनि त्रेतायुगकी सीताको जस्तै बनेको छ ।
chot dekhaudai sita
बर्दिया घर भई काभ्रेका युवकसँग अन्तरजातीय विवाह गरेकी सीता बोहोरा अहिले पतिबाट पाखुरामा सुम्ला बस्नेगरी पिटाइ खाएपछि जिल्ला अदालतको शरणमा परेकी छिन्, आफ्नो अधिकार र पहिचान खोज्दै ।

महिलाकोजस्तै नाम गरेका काभ्रे कानपुरका युवक सम्झना लामासँग दोस्रो विवाह गरेकी बर्दियाकी सीता बोहोरा यतिबेला आफ्नो पहिचान खोज्दै अदालत धाइरहेकी छन् ।

सीताले आफ्ना पूर्वपतिको निधनपछि सम्झना लामासँग घरजम गरेकी हुन् । तर, सम्झनाले श्रीमतीका रुपमा घरमा समेत नलैजाने र आफूलाई बेवास्ता गर्न थालेपछि न्याय खोज्दै सीता अदालत पुगेकी हुन् । पूर्वपतिकै तर्फबाट एक छोराकी आमा रहेकी सीताले आफूलाई श्रीमानले कुटपिट गरेको, यातना दिएको र खाना खर्चसमेत नदिएको भन्दै काभ्रे जिल्ला अदालतमा मुद्दा हालेकी छन् ।

गत असार ६ गते आफ्नो अधिकार खोज्दै अदालतमा मुद्दा दायर गरेपछि पति सम्झना लामाले सीता आफ्नी श्रीमती नै नभएको भनी अदालतलाई प्रतिउत्तर पठाएका छन् ।

बर्दियाको विद्रोह, काठमाडौंमा प्रतिगमन !
बर्दियामा रहँदा पहिलो श्रीमानसँग सीताको सम्बन्ध राम्रो भएन । पतिले अन्याय गरेपछि उनी ६ महिनाको छोरो बोकेर विद्रोहस्वरुप काठमाडौ आइन् । काठमाडौ आएर जीवन बाँँच्नका लागि उनले ठूलै संघर्ष मात्रै गरिन् । सुरुमा जीवन बाँच्ने सहारासमेत भेटाइनन् ।

bihe dartaतर, संयोगले सीताले बोर्डिङ स्कुलमा शिक्षिकाको काम पाइन् । त्यहीँ उनको सम्झना लामासँग भेट भयो । सम्झना पनि शिक्षक थिए । काठमाडौ सरस्वतीनगरस्थित एक बोर्डिङ स्कुलमा शिक्षण पेशा अंगालेपछि दुबैको सम्बन्ध नजिकियो । सोही स्कुलमा जागिर गर्दैगर्दा सम्बन्ध प्रगाढ बनेपछि उनीहरु सँगै बस्न थाले । अहिले उनीहरु छुट्टाछुट्टै स्कुलमा पढाउँछन् ।

बर्दियामा रहेका पतिको ब्रेन हृयामरेजका कारण निधन भयो । त्यसपछि सीताले काभ्रेको कानपुर पुगेर सम्झनासँग विवाह दर्ता गराइन् । तर, लिभिङ टुगेदरपश्चात दुई वर्षअघि विवाह दर्ता गराएकी सीता यतिबेला लामाले धोका दिएको भन्दै न्याय माग्न अदालत पुगेकी छन् ।

खर्च माग्दा स्कुलमै  कुटिइन्
श्रीमानसँगको सम्बन्धमा खटपट आउन थालेपछि छुट्टै बस्न थालेकी सीता खर्च माग्न जाँदा खर्च नभई कुटाइ खानुपरेको बताउँछिन् । ‘साउन ५ गते खर्चको अभावमा श्रीमानसँग खर्च माग्न गएकी थिएँ,’ ‘सीताले हातमा भएको घाउ देखाउँदै अनलाइनखबरसँग भनिन्, ‘स्कुलमै उसले कुटपिट गर्‍यो ।’

विवाह नगर्दै सँगै बस्दै आएका उनीहरुको विवाह भएपछि पनि एक डेढ वर्ष राम्रै सम्बन्ध थियो । तर, पछिल्लो समय हप्तादिनसम्म पनि घर आउन छाडेपछि श्रीमानको चरित्रमाथि सीताले शंका गर्न थालिन् ।

हप्तौंसम्म घर नआएपछि खोजी गर्दै जाँदा श्रीमानलाई उनले अस्पतालमा बिरामी अवस्थामा भेटाइन् । धेरैपटक फोनमा कुरा हुने महिलाले नै अस्पतालमा सम्झनाको सेवा गरिरहेको देखेपछि सीता छक्क परिन् ।

अहिले फेरि ती महिलालाई छाडेर अर्कैसँग लसपस भएको सीताको आशंका छ । तर, जस्तोसुकै भए पनि सीता सम्झना लामासँगै श्रीमतीका रुपमा बस्न चाहन्छिन् । भन्छिन्,-‘सामाजिक पहिचानका लागि र अधिकारका लागि लडिरहेकी छु ।’

एमाओवादीको आडमा महिला हिंसा !
पहिलो श्रीमान बितेपछि दोस्रो पतिका रुपमा रहेका लामा एमाओवादीमा आवद्ध छन् । एमाओवादीनिकट वाइसीएलका सक्रिय सदस्य लामाले पार्टीको आडमा आफूलाई धम्की दिने गरेको समेत सीताको गुनासो छ ।
sita bohora
वाइसीएलकै अन्य सदस्यले समेत सम्बन्ध विच्छेद गर्न दबाब दिएपछि सीता एमाओवादी नेताहरुलाई समेत भेट्दै हिँडेकी छन् ।

घरेलु हिंसा र खाना खर्चको माग गर्दै काभ्रे जिल्ला अदालतमा मुद्दा हालेकी सीताले आफू स-सम्मान सम्झना लामाकी श्रीमती भएर उनको घरमा भित्रिन चाहेको बताइन् ।

के भन्छन् सम्झना ?
सीताका पति सम्झना लामाले आफ्नो मुद्दा अदालतसम्म पुगेको भन्दै प्रतिक्रिया दिन इन्कार गरे । ‘हाम्रो विषय अदालतीरुपमा अगाडि बढेको छ,’ लामाले अनलाइनखबरसँग भने, ‘आज बिहान मात्रै प्रहरीले बोलाएर गौशाला प्रहरी चौकी पुगेर आएको छु ।’

लामाले सीता आफ्नी श्रीमती भएको स्वीकार गरे । तर, अदालतको फैसलापछि मात्रै आफूले बोल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment