Comments Add Comment

मितेरी यातायातको टिकट अब अनलाइनमा

Miteri Handshake photo
१४ साउन, काठमाडौं । पूर्वी नेपालमा सेवा प्रदान गर्दै आइरहेको मितेरी यातायातको टिकट अब अनलाइनबाटै काट्न सकिने भएको छ ।

मितेरी यातायातले बससेवा डटकमसँगको सहकार्यमा घरबाटै अनलाइनबाट टिकट काट्न सकिने सेवाको सुरुवात गरेको हो । अबदेखि मितेरी यातायातको टिकट आफ्नो घरबाटै अथवा नजिकका इसेवा जोन, इसेवा पोइन्ट तथा ट्राभल एजेन्सीबाट काट्न सकिनेछ ।

मितेरी यातायातको वेभपेज  लगअन गरी टिकट खरिद गर्न सकिनेछ । इसेवा एकाउन्ट भएका यात्रुले आफ्नो घरबाटै मितेरीको टिकट काट्न सक्नेछन भने इसेवा एकाउन्ट नभएका ग्राहकहरूले इसेवा जोन तथा पोइन्टबाट टिकट काट्न सक्नेछन ।

Miteri-Busसुचना र प्रविधिको युगमा यात्रुहरुले घरबाटै टिकट काटी सिधै बस चढ्न सकुन भन्ने उद्देश्यले अनलाइन टिकटिङ सुरु गरेको मितेरी यातायातका संचालक बिक्की गुरागाईंले बताए ।

पूर्ण स्वचालित सफ्टवेयर प्रयोग गरी अनलाइन टिकटिङ सुरु गर्ने मितेरी नेपालको पहिलो याातायात कम्पनी भइको उनको दाबी छ ।

अनलाइनबाट टिकट काटी प्रिन्टेड टिकट अथवा यात्रुको मोबाइलमा आएको एसएमएसका आधारमा गाडिमा चढ्न सकिने छ । अनलाइन टिकट काट्दा यात्रुले काउन्टरकै दररेटमा आफुले चाहेको सिट छानेर काट्न सक्नेछन् ।

हरेक सिट चार्ट अनलाइनमा देखिने हुँदा सिट लुकाउने तथा दोहोरो टिकट पर्ने सम्भावना नरहने गुरागाईंले बताए । सबैकुरा सफ्टवेयरले नियन्त्रण गर्ने हुँदा पारदर्शीता कायम हुने र आमयात्रुहरुको विश्वास जित्न सकिने मितेरीको विश्वास छ ।

यसैबीच मितेरी यातायातले अनलाइन टिकटिङको सेवा सुचारु गरेको अवसरमा अनलाइन टिकटिङमा विशेष छुटको व्यवस्था समेत गरेको छ । कम्पनीले अनलाइनमार्फत टिकट काट्ने ग्राहकले १० देखि २० प्रतिशतसम्म छुट पाउने कम्पनीको भनाइ छ ।

मितेरीले करिव ३० वटा अत्याधुनिक एसी, डिलक्स बसहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment