Comments Add Comment

शिवको ‘हल्का हल्का’ माया बस्यो (भिडियो)

Halka-Halka-5
‘हल्का हल्का’ माया बस्यो बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शिव परियारको आवाजमा समावेश यो गीतको भिडियोलाई श्रीधर पौडेलले निर्देशन गरेका हुन् । भिडियोलाई कलरफूल बनाउने प्रयास गरिएको निर्देशक पौडेलको भनाई छ । भिडियोको छायांकन पोखरामा गरिएको हो ।

मिलन जलनको शब्द तथा संगीत रहेको गीतले एक यूवतीसँग प्रेम भएपछि यूवकमा आउने प्रेम आशक्तीलाई उठान गरेको छ । भिडियोमा सम्पदा बाँनिया र मिलन जलनले मोडलिङ गरेका छन् । भिडियोमा निशान घिमिरेको सम्पादन, श्रीधर पौडेलको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment