Comments Add Comment

यसरी श्रीमती फकाएका थिए साहरुखदेखि अजयले(फोटो फिचरसहित)

बलिउडका नायक-नायिका मध्ये कतिपयको रियल लाईफ रिलको जस्तै छ । अधिंकाशले सहकर्मी कलाकारसँग बिबाह गरेका छन् । उनीहरुको भोगाई अनुसार प्रेम प्रस्ताब पनि चलचित्रको शैलीमै आएको थियो ।

कतीले सुटिङ हुँदा हुँदै प्रस्ताव राखे त कतीले सुटिङ सकेर फर्किने क्रममा बाटैमा ‘म तिमीलाई मन पराउछु’ भनेका छन् । प्रेमपछि बिबाहमा परिणत भएका जोडीहरुको वारेमा ‘टाइम्स अफ इण्डिया’ले एउटा सुची तयार पारेको छ । हेरौ उनीहरु को-को रहेछन् :
srk-and-gauri
१. शाहरुख खान-गौरी : शाहरुख खान र गौरीको जोडी अहिले पनि आदर्श जोडीको रुपमा चिनिन्छन् । जतिवेला शाहरुख डान्सर थिए त्यही बेला उनको भेट गौरीसँग भएको थियो । लामो समय प्रेम गरेपछि मुम्बईको समुन्द्री किनार घुम्ने क्रममा शाहरुखले गौरीलाई प्रेम प्रस्ताब राखेका थिए । तीन सन्तानका बाबु आमा गौरी र शाहरुखको सम्बन्ध अहिले पनि राम्रो छ ।
ajay-and-kajol
२. अजय देबगण-काजोल : हिन्दी चलचित्र ‘हलचल’ मा काम गर्ने क्रममा अजय र काजोल नजिकिएका थिए । उनीहरुको सम्बन्धवारे जानकार निर्देशक अनिश बज्मीले एक अर्कालाई नजिक ल्याउन भूमिका खेलेको बलिउडकर्मीको भनाई छ ।
ais-and-abhisek३. ऐश्वर्या राय-अभिषेक बच्चन : अभिषेक बच्चन र ऐश्वर्या रायको पनि अहिलेसम्म सम्बन्ध निकै राम्रो छ । मणीरत्नम निर्देशित चलचित्र ‘गुरु’ को न्युयोर्कमा सुटिङ हुँदा उनिहरु नजिकिएका थिए । भनिन्छ, गुरुमा रिलभित्र श्रीमान् श्रीमती बनेका अभिषेक-ऐश्वर्यालाई वास्तबिक श्रीमान् श्रीमति बन्न पनि तिनै दृष्यले सघाएको थियो । सुटिङ सकेर फर्किने क्रममा अभिषेकले एयरपोर्टमा ऐश्वर्यालाई प्रेम प्रस्ताव राखेका थिए । ऐश्वर्याले तत्कालै सहमती जनाएकी थिईन् ।
sujan-and-hrithik
४. ऋतिक रोशन- सुजन खान : बलिउडकै महंगो सम्बन्ध बिच्छेद मानिन्छ ऋतिक र सुजनको । तर, प्रेम गर्दा उनीहरुको पनि परेवा जोडी थियो । प्रारम्भमा प्रेम गर्दा ऋतिकले अरुले थाह नपाउन भन्नका लागि कफीको कपमा औंठी राखेर पठाउँथे । केही समय यहीक्रम चलेपछि उनीहरुको बिबाह भएको थियो ।
arbaj and malaika५. अरवाज खान-मलाईका अरोरा : अरवाज खान चलचित्र निर्माता हुन् भने मलाइका कुशल आईटम डान्सर । उनीहरुको बिबाह भएको १० वर्ष पूरा भयो भने एक सन्तान पनि छन् । आफूहरुको जोडी निकै रोमान्टिक भएको मलाईकाको भनाई छ । मलाईका अहिले पनि आईटम डान्समा सक्रिय छिन् ।

BERLIN, GERMANY - FEBRUARY 10:  Jury member Aamir Khan and guest attend the 'True Grit' Premiere during the opening day of the 61st Berlin International Film Festival at Berlinale Palace on February 10, 2011 in Berlin, Germany.  (Photo by Sean Gallup/Getty Images)

६. आमिर खान-किरण राव : जेठी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेपछि तनाबमा रहेका आमिर खानको ‘लगान’को सुटिङ गर्ने क्रममा किरण रावसँग भेट भएको थियो । किरण ‘लगान’को सहायक निर्देशक थिईन् । उनको निर्देशनवाट प्रभावित आमिरले पनि सुटिङ स्पटमै प्रेम प्रस्ताव राखेका थिए ।
emran and parwin
७. ईमरान हासमी-परवीन : किसिङ स्टारको छवि बनाएका ईमरान हासमीको प्रेम प्रस्ताव शैली पनि चलचित्रको पाराकै छ । इमरानले परवीनलाई पहिल्यैदेखी आँखा लगाउदै आएका थिए । भ्यालेन्टाईन डेको दिन प्रेम प्रस्ताव राखेका थिए ईमरानले । परवीनले तत्कालै प्रस्ताव स्वीकार गरेकी थिईन् ।shilpa-and-raj-kundra

८. राज कुन्द्रा-शिल्पा शेठ्ठी : शिल्पा शेठ्ठीलाई पनि चलचित्रको शैलिमा राज कुन्दाले प्रेम प्रस्ताव राखेका थिए । पहिल्यैदेखी राजसँग नजिकिएकी शिल्पालाई उनको प्रस्ताब नै काफी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment