Comments Add Comment

प्रधानमन्त्रीले भने- जबरजस्ती धर्म परिवर्तन गराउनु हुँदैन

१४ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले कसैले पनि जबरजस्ती धर्म परिवर्तन गराउन नहुने बताएका छन् ।

विभिन्न माग लिएर बालुवाटार पुगेका राष्ट्रिय ख्रीष्टियन महासंघका पदाधिकारीसँगको भेटमा कोइरालाले भने- जबरजस्ती धर्म परिवर्तन गराउनु हुँदैन । जाहे हिन्दु होस मुसलमान होस् ।’

प्रधानमन्त्री कोइरालाले सम्झौताका आधारमा संविधान जारी हुने बताए । उनले भने-‘हामीले भनेको जस्तो पनि हुँदैन अरुले भनेको जस्तो पनि हुँदैन, सम्झौताको संविधान जारी हुन्छ ।’

मूलुकमा अहिले देखिएको समस्या समाधान गर्न नसके ठूलो दुर्घटना हुन उनको भनाइ थियो । ‘राजा गए, फेररि पञ्चायत आयो, तानाशाह राजा आए उनी पनि गए । अब त कोही छैनन नि ? प्रधानमन्त्रीले भने- ‘सबै मिलेर अगाडि नबढ्ने हो भने यो देशले अवसर पाउँदैन ।’

राष्ट्रिय खीष्टियन महासंघले धर्म निरपेक्षतालाई नयाँ संविधानमा संस्थागत गनुपर्ने लगायतको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment