Comments Add Comment

मुक्तिनाथ बैंकको सञ्चालक समितिमा कंडेल नियुक्त

१४ साउन, काठमाडौं । मुक्तिनाथ विकास बैंकले सर्वसाधारण शेयरधनी समुहको तर्फबाट चुडामणी कंडेललाई सञ्चालकमा Chudamani-Kandelनियुक्ती गरेको छ । बैंकको साउन १३ गते बसेको सञ्चालक समिति बैठकले बाग्लुङ स्थायी घर भएका कंडेललाई नियुक्त गरेको हो ।

बैंकमा सर्बसाधारण शेयरधनी समुहको तर्फवाट एक जना सञ्चालकको पद रिक्त रहेको थियो । बैंकको शेयर स्वामित्व संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत रहेको छ ।

सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फवाट ४ जना, सर्वसाधारण शेयरधनीको तर्फवाट ३ जना र व्यवसायिक विशेषज्ञ १ जना रहने गरी ८ जनाको सञ्चालक समिति रहने व्यवस्था छ ।

बैंकले धादिङण्मा केन्द्रीय कार्यालय रहेको सिभिक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेर यही असार ३० गतेदेखि एकिकृत कारोवार गरी राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोवार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment