Comments Add Comment

म्यानचेष्टर युनाइटेड पेरिस सेन्ट जर्मेनसँग पराजित

Manchester-United-Vs-PSG

१४ साउन, काठमाडौं । प्रि सिजन टुरको अन्तिम खेलमा म्यानचेष्टर युनाइटेड लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेनसँग पराजित भएको छ ।

बिहीबार भएको खेलेमा पेरिस सेन्ट जर्मेनले युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो । यसअघि म्यानचेष्टर युनाइटेडले युरोपिया च्याम्पियन बार्सिलानालाई पराजित गरेको थियो ।

सिकागोमा भएको खेलमा पेरिस सेन्ट जर्मेनले २५ औं मिनेटमा माटुइडीकोृ गोलबाट लियो । ३४ औं मिनेटमा जाल्टन इब्राहिमाभिचले गोल गरेपछि पहिलो हाफमा पेरिस सेन्ट जर्मेनले २-० को अग्रता लियो ।

दोस्रो हाफमा दुबै टोलीबाट थप गोल हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment