Comments Add Comment

जुरी बसेकी करिश्मा ‘राष्ट्रिय चलचित्र पुरस्कार’बाट असन्तुष्ट

karisma-manandhar
मंगलबार राष्ट्रपति भवनमा आयोजना गरिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’को बिषयमा बजारमा चर्चा सेलाएको छैन । पाउने मख्ख पर्ने र नपाउनेले विरोध गर्ने त पुरानै प्रथा हो ।

तर, बजारमा अहिले यसका जुरीहरु नै निर्णयबाट खुशी नभएको चर्चा चल्न थालेको छ । नायिका करिश्मा मानन्धरले आफूले एउटा नजितामा हस्ताक्षर गरेको तर अर्कै व्यक्तिलाई दिइएको भन्दै असन्तुष्टी व्यक्त गरेको पनि चर्चा चल्न थालेको छ ।

नायिका मानन्धर अवार्डको नतिजाबाट खुशी नभएकाले समारोहमा उपस्थित हुन नै चाहन्नथिन् । तर, उनी पछि समारोहमा पुगेपनि खुशी देखिएकी थिइनन् । श्रोतका अनुसार केही विधामा सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालले ठाडो हस्तक्षेप नै गरेका थिए ।

हुनत, जुरीका संयोजक राजेन्द्र सलभ मन्त्रीको कुनै हस्तक्षेप नभएको बताउँछन् । तर, उत्कृष्ट अभिनेत्रीको विधामा नायिका नम्रता श्रेष्ठको नाम पनि चर्चामा थियो । तर, नम्रताले नपाएर पुरस्कार ऋचा शर्माले पाएकी थिइन् ।

समारोहमा अन्य कुनै पनि नायिका देखिएका थिएनन् । अवार्ड पाउने ऋचा शर्मा र नम्रता श्रेष्ठ मात्र नायिकाको रुपमा अवार्ड समारोहमा उपस्थित थिए । तर, अवार्ड नपाएपछि नम्रता कार्यक्रम सकिए लगतै शित्तल निवासबाट हिडेकी थिइन् ।

हुनत, यस्ता खालका अवार्ड समारोहपछि विभिन्न खालका चर्चा चल्ने गरेका हुन्छन् । तर, जुरी नै असन्तुष्ट हुनुले पक्कै पनि ‘दालमा केही कालो छ’ भन्ने देखाउँछ । गतबर्ष पनि एकसाथ वितरण गरिएको ३ बर्षको पुरस्कार समारोह पनि विवादित बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment