Comments Add Comment

कतारमा एकल नृत्य प्रतियोगिता हुँदै

घनश्याम पराजुली (कृष्ण)

दोहा । ‘हाम्रो कला र संस्कृतीको जर्गेना गरौं, आफ्नो प्रतिभालाई अगाडि बढाऔ’ भन्ने नाराका साथ रिदम कला केन्द्र कतारले एकल नृत्य प्रतियोगिता गर्ने भएको छ । रिदम कला केन्द्र सन् २०१४ मा कतारमा स्थापना भएको हो ।

ridam qatarदोहाको टपर्फम रेष्टुरेन्टमा शुक्रबार ३१ जुलाई २०१५ शुक्रबारका दिनमा पहिलो चरणको छनोट प्रक्रियाबाट एकल नृत्य प्रतियोगिताको औपचारीक सुरुवात गरिदैछ ।

अहिलेसम्म २० जनाले प्रतियोगिताका लागी आवेदन बुझाईसकेकका छन भने शुक्रबार दिउसो २ बजेसम्म एकल नृत्य प्रतियोगितामा भाग लिनका लागि आवेदन दिन सकिने आयोजकले जनाएको छ ।

प्रवासमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्धेश्यका साथ उक्त प्रतियोगिताको आयोजना गरिएको रिदम कला केन्द्रका नृत्य निर्देशक गजेन्द्र मल्लले जानकारी दिए । रिदम कला केन्द्रले पहिलो पटक एकल नृत्य प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम गर्न लागेको हो । शुक्रबार दिउसो ४ बजेबाट नृत्य प्रतियोगिताको पहिलो राउण्ड शुरु हुनेछ भने दोस्रो राउण्डलाई मेमोरी राउण्डको रुपमा प्रस्तुत गरिने मल्लले जानकारी दिए ।

प्रवासमा रहेर पनि नृत्य सिकाउदै आएको उक्त केन्द्रमा अहिलेसम्म ४३ जनाले नृत्य सिकेका छन । कार्यक्रमको संयोजकत्व डम्मर खड्काले गर्नेछन । एकल नृत्य प्रतियोगिताका विजेतालाई पहिलो पुरस्कार रु १ लाख १ हजार १ सय ११, दोस्रो पुरस्कार ५० हजार १ सय ११, तेस्रो पुरस्कार २५ हजार १ सय ११ र सान्तवना पुरस्कार प्रदान गरिने मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment