Comments Add Comment

दलित समुदायले शीर्ष नेतालाई प्रेम पत्र लेख्ने

Dalit-Prog

१४ साउन, काठमाडौं । नयाँ संविधानमा दलितको अधिकार सुनिश्चित गर्न माग गर्दै दलित अधिकार संघर्ष समितिले शीर्ष नेता र सभासदहरुलाई प्रेम पत्र लेख्ने भएका छन् ।

नयाँ संविधानको मस्यौदामा दलितको अधिकार कटौती गरिएको भन्दै संघर्ष समितिले आन्दोलनको घोषणा गरेका छन् । साथै विभिन्न दलका दलित सभासदहरुले राजीनामा दिएर सडकमा आउने चेतावनी दिएका छन् ।

दलित समुदायले दलितको अधिकारबारे पहिलो संविधानसभाले गरेका सहमति अनुसार मस्यौदा आउनु पर्ने माग गरेका छन् । साथै प्रत्यक्ष निर्वाचन प्रणालीबाट दलितहरु निर्वाचित भएर आउने सुनिश्चित गर्न पनि माग गरेका छन् ।

संघर्ष समितिले शुक्रबार माइतिघरदेखि बानेश्वरसम्म आँखामा कालो पट्टी बाँधेर तथा शनिबार लालटिन बालेर र आइतबार सिठ्ठी बजाएर प्रदर्शन गर्ने घोषणा गरेको छ । ‘शीर्ष नेताहरुले देखेनन् भनेर ध्यानाकर्षण गराउन यस्तो कार्यक्रम राखिएको हो’ पूर्व सभासद विनो पहाडीले भने ।

उनका अनुसार शीर्ष नेता र ६०१ सभासदलाई प्रेमपत्र पठाउने कार्यक्रम समेत राखिएको छ । ‘दलित आन्दोलनको प्रेम पत्र’ भनेर हुलाक मार्फत पत्र पठाएर ध्यानाकर्षण गराउने कार्यक्रम पनि राखिएको छ’ उनले भने ।

पहिलो चरणको पनि आफूहरुको माग सम्बोधन नभए आमरण अनसनसहितको आन्दोलन गर्ने दलित अधिकार संघर्ष समितिले चेतावनी दिएको छ ।

राजीनामा दिएर सडकमा आउने चेतावनी

कांग्रेस केन्द्रीय सदस्य एवम् सभासद मान बहादुर विश्वकर्मामाले विभेदरहित दलितहरुको मुद्दालाई नयाँ संविधानमा समेट्न संविधानसभाभित्रै दवाव मुलक अभियान चलाउने बताए । अन्तिम समयसम्म आफ्ना अधिकार संविधानमा समावेश नहुने स्थितिमा संविधानसभा छाड्न समेत तयार रहेको उनले बताएका छन् ।

एमाले सभासद जितु गौतमले कुनै पनि मुल्य चुकाएर संविधानमा दलितको अधिकार सुनिश्चित गराई छाड्नेबताए । यद्यपि मा संबोधन नगरिए आन्दोलनमा समेत उत्रनु पर्ने उनको जोड दिए ।

कांग्रेस सभासद मिनबहादुर विश्वकर्माले सबैको संविधान बनाउन खोज्दा अहिलेको मस्यौदा कसैको पनि बन्न नसकेको भन्दै आफ्नो अधिकार सुनिश्चित गर्न पहिला बैद्यानिक आन्दोलनमा जाने बताए । आफूहरुको माग पुरा नभए सभासद पद छाडेर आन्दोलनमा जाने उनको चेतावनी थियो ।

थरुहट पार्टीका सभासद गोपाल दहितले आफूहरुको कुरालाई नसुनिए संबाद समितिको बैठक समेत अघि बढ्न नदिने बताए । उनले भने-‘आफूहरुको माग संबोधन नभए सबै ठाँउमा लड्छौ, अन्तिम दिन संविधानसभाको बैठक पनि अवरुद्ध गर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment