Comments Add Comment

पूर्व राष्ट्रपति कलामको राजकीय सम्मानका साथ अन्त्येष्टि

apj-abdul-kalam

१४ साउन, भारत । भारतीय पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको गृहनगर भारतको दक्षिणी राज्य तामिल नाडुको रामेश्वरममा अन्त्येष्टि गरिएको हो ।

गत सोमबार मेघालयमा निधन भएको थियो । जनताका राष्ट्रपति उपनाम पाएका उनले भारतमा निकै ठूलो लोकप्रियता पनि हासिल गरेका थिए । उनको अन्तिम बिदाईका लागि हजारौँ नागरिक त्यहाँ उपस्थित भएका थिए ।

हजारौँ नागरिकले जनताको राष्ट्रपतिको जय होस् भनी सम्मान व्यक्त गरेका थिए । उनको सम्मानमा सैनिक सलामी दिइएको थियो

अन्त्येष्टिका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिति थियो । प्रधानमन्त्रीले श्रद्धाञ्जली व्यक्त गरेपछि पूर्व राष्ट्रपति कलामका ९९ वर्षीय दाजुको साथमा पुगेका थिए । उनले उपस्थित कलामका परिवारलाई समवेदना व्यक्त गरेका छन् ।

श्रद्धाञ्जली अर्पण गर्न भारतीय काँग्रेसका उपाध्यक्ष राहुल गान्धी पनि त्यहाँ उपस्थित थिए । साथै काँग्रेसका अन्य उच्च नेताहरु पनि त्यहाँ थिए ।

मुटुसम्बन्धी समस्याका कारण कलामको जुलाई २७ मा निधन भएको थियो । उहाँ भारतको एक सुप्रसिद्ध वैज्ञानिक पनि थिए । रासस/पिटीआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment